Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन सकिने

खबरडबली संवाददाता
काठमाडौं । नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो । 
 
प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गर्न भनेको छ । सरकारले यसपटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ । नेपाली नागरिकले म्यादी प्रहरीका लागि मङ्सिर ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्नेछ । 
 
भर्नाका लागि नेपाली नागरिक हुनुपर्र्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ । 
 
प्रहरीका अनुसार आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ । यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि  शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनिष झाले उम्मेदवारी कायमै राखे, ‘आलोकाँचो राजनीति’ नगर्ने टिप्पणी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...

रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी फिर्ता, विपिन आचार्यलाई समर्थन गर्ने घोषणा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन...

एलपिजी प्रतिबन्ध हटायो भारतले

नयाँदिल्ली। मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमश: सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी)मा लगाइ...

रास्वपा महामन्त्री दौडबाट राजुनाथ पाण्डे पछि हटे, प्रतिस्पर्धा पाँच जनाबीच सीमित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीको एकता र सुदृढीक...

महामन्त्रीमा विपीन आचार्यलाई पाँच उम्मेदवारको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका आकांक्षी पाँच नेताले विपीन आचार्य लाई समर्थन गर्ने घोषणा गरेका छन्। महामन्त्री पद...

सुनचाँदीको भाउ कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्...

रास्वपाको महामन्त्री दौडबाट कबिन्द्र बुर्लाकोटी बाहिरिए, अब ८ जनाबीच प्रतिस्पर्धा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्। चितवनमा जारी ...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएला ।  उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ ...

प्रचण्ड–नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेट, समसामयिक राजनीतिमा छलफल

काठमाडौं । पुष्पकमल दाहाल र माधवकुमार नेपाल ले डा. शेखर कोइराला सँग भेटवार्ता गरेका छन्। शुक्रबार विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा देशको स...

रास्वपाका जगदीश खरेलले महामन्त्रीको उम्मेदवारी फिर्ता लिए

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य जगदीश खरेलले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्। खरेलले सामाजिक सञ्जालमार्फत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending