काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे थप स्पष्ट पारेको छ ।
आयोगले सो प्रणालीका लागि आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी आउँदो असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्तबमोजिम कानुनबमोजिम आवश्यक कागजात अनिवार्यरुपमा पेस गर्न आयोगले आज दलहरुलाई आग्रह गरेको छ ।
आयोगको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गरेर कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको बताएका छन् ।
उक्त प्रणालीतर्फको बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरुलाई आग्रह गर्नेछ । आयोगको सुझावबमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ ।
आयोगले पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८१ - १७:०२
काठमाडौं । नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ। यो लामो यात्रापछि अब ...
पौष १७ गते, २०८१ - १६:५४
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्...
पौष १७ गते, २०८१ - १६:३५
काठमाडौं। अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका...
पौष १७ गते, २०८१ - १६:२६
काठमाडौं। पूर्वउपप्रधानमन्त्री भीम रावलले ‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायल...
पौष १७ गते, २०८१ - १५:५४
काठमाडौँ । डा.भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसम...
पौष १७ गते, २०८१ - १४:२९
काठमाडौं। नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी गरेका छन्। बुधबार बबरमह...
पौष १७ गते, २०८१ - १४:२०
जनकपुर। अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा जानकी मन्दिरमा भक्तजनको भिड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको हो । नयाँ वर्षको अवसरमा ज...
पौष १७ गते, २०८१ - १४:०९
काठमाडौँ । नेता भीम रावलले एमालेको चितवनमा भएको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफू...
पौष १७ गते, २०८१ - १३:५३
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएको छन । नेपाल रेडक्रस सोस...
पौष १७ गते, २०८१ - १३:२२
धरान। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताएको छन । नेपाल पत्रकार महासङ्घ सुनसर...
प्रतिकृया लेख्नुहोस्: