Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

बारेकोट गाउँपालिकाले पारित गर्‍यो ५८ करोड दुई लाखको बजेट

खबरडबली संवाददाता

जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड २ लाख ७८ हजार ८ सय ६६ रुपियाँ ७६ पैसा बराबरको बजेट पारित गरेको छ। बुधबार सम्पन्न २३औँ गाउँसभा तथा ९औँ बजेट अधिवेशनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

गाउँपालिका अध्यक्ष वीरबहादुर गिरिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थिए। उपाध्यक्ष नरबहादुर गिरिको तर्फबाट वडा नं। २ का अध्यक्ष वीरबहादुर घर्तीले सभामा बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथि विस्तृत छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

पारित बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, युवा तथा खेलकुद, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। स्थानीय आवश्यकता तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष गिरिले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा भौतिक पूर्वाधार विकासलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने बताए।

त्यस्तै, उपाध्यक्ष गिरिले आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई आत्मसात गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग हुने गरी बजेट निर्माण गरिएको जानकारी दिए।

गाउँपालिकाले पारित बजेटले विकास निर्माणका कार्यलाई गति दिनुका साथै सामाजिक न्याय, समावेशीकरण र सुशासन प्रवर्द्धन गर्दै समग्र पालिकाको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending