Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीले सबै खेलमा भाग लिने

खबरडबली संवाददाता

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६  खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । 

सबै खेल विधामा गरी गण्डकीबाट सात सय १६ खेलाडीले प्रतिस्पर्धामा भाग लिने परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए। उनका अनुसार छनोटमा परेका खेलाडीलाई १५ दिन विशेष र १५ दिन बन्द प्रशिक्षणमा राख्ने तयारी भइरहेको छ ।

“बन्द प्रशिक्षणका लागि बजेट प्रबन्ध गर्न प्रदेश सरकारसँग माग गरिरहेका छौँ”, उनले भने, “खेलाडीले व्यक्तिगतरूपमा पनि अभ्यास थालिसकेका छन् ।” पोखरा बाहिर हुने खेलका लागि सम्बन्धित जिल्लामै बन्द प्रशिक्षण राखिने उनले बताए। 

मन्त्रालयबाट बजेटको सुनिश्चितता हुनासाथ बन्द प्रशिक्षण र प्रतियोगिताको अरु तयारीले तीव्रता पाउने सदस्यसचिव गुरुङले उल्लेख गरे। आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता सञ्चालन हुँदैछ । 

प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ र पौडी समावेश छ । 

यस्तै ह्यान्डबल, जुडो, कुस्ती, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आइटीएफ तेक्वान्दो, सेपाकटाक्रो, गल्फ, फुल कन्ट्यान्ट कराते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ प्रतियोगिता हुनेछ । ठेलो र क्यानोइङलाई भने प्रदर्शनी खेलका रूपमा राखिएको जनाइएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीयसहित गैरआवसीय नेपाली सङ्घ ९एनआरएन० टिमले प्रतिस्पर्धा गर्नेछ । 

चार दशकपछि पोखरामा दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि राष्ट्रिय खेलकुदको दोस्रो संस्करण विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामै आयोजना गरिएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending