मोरङ । मोरङको सुन्दरहरैँचा–१० मा अवस्थित बाघझोडा सिमसार प्राकृतिक सुन्दरताले भरिएको छ । चारकोसे बाक्लो जङ्गलसँगै टाँसिएको यो क्षेत्र प्राकृतिकरूपमा समेत अन्य सिमसारभन्दा कम छैन ।
यहाँ सिजनको समयमा वनभोज खाने, विविध कार्यक्रम गर्ने तथा रमाइलो मानेर घुमफिर गरी फोटो खिच्ने र टिकटक बनाउनेहरूको चहलपहल हिजोआज बढेको पाइन्छ । परापूर्वकालमा यो क्षेत्रमा बाघ पाइने गरेका कारण यसको नाम बाघझोडा सिमसार रहन गएको स्थानीयवासीहरूको मत रहेको छ ।
बार्है महिना पानीको दुःख नहुने तथा कहिल्यै नसुक्ने सिमसार क्षेत्र भएकोले अहिले यहाँ ठूलाठूला पोखरीसमेत निर्माण भएका छन् । यसबाट खेती किसानका लागि सिँचाइमा पनि मद्दत पुगेको छ । यस क्षेत्रलाई अझै राम्रो विकास गरेर निर्माण भएको ताल जस्तै सुन्दर पोखरीमा डुङ्गा सयरको व्यवस्था गर्न सके राम्रो आम्दानी गर्ने सकिने स्थानीयवासीहरू बताउँछन् ।
बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको खोर्साने बजारबाट करिब एक किलोमिटर उत्तर लागेपछि पुगिन्छ । व्यवस्थित सडकमा साना सवारीसाधन प्रशस्तै पाइने भएकाले यहाँ सजिलै पुग्न सकिन्छ । यहाँ बस्नका लागि आरामदायी पुरानो कला र सीपद्वारा निर्माण भएका काठका फलैँचासमेत बनाइएको छ ।
यस स्थानमा किराँत राई यायोक्खा साकेला थानसमेत रहेको छ । यो थान २०५३ सालदेखि स्थापित छ । यहाँ दुर्लभ माछा, कछुवा, चराचुरूङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना रहेका छन् । सिमसारमा अहिले दुरूस्त बाघको प्रतिमा निर्माण भएसँगै यहाँ रमाउनेको लागि आकर्षण थपेको छ ।
बाघझोडामा हात्ती, डाइनोसरको विशाल प्रतिमालगायत विविध खेल समाग्री निर्माण भएका छन् भने अहिले कटेजहरु समेत बनेको देख्न सकिन्छ । हरेक वर्ष विभिन्न स्थानबाट मान्छेहरु वैशाख महिनामा मेला भर्न पनि बाघझोडा आउँछन् । बाघझोडा पुगेर जङ्गल, सिमसार र पोखरीको एकै साथ आकर्षक दृश्य देख्न सकिन्छ ।
विविध कारणले पछि परेको यो सिमसारको अहिले भने केही विकास र सुधार भएको अवस्था छ । यहाँ अहिले बाघझोडा पोखरी संरक्षण एवं सम्वद्र्धन समितिले विविध काम गरिरहेको छ । सिमसारलाई अझै व्यवस्थित र विकास गर्न स्थानीय र प्रदेश सरकारले केही राम्रो बजेट छुट्ट्याउनुपर्ने सिमसार संरक्षण समितिका अध्यक्ष तथा पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए ।
बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको पहिचान तथा गहना भएकाले यसको विकासका लागि राम्रो गुरुयोजना बनाएर राज्यको समेत ध्यानाकर्षण गरी सिमसारलगायत अन्य पर्यटकीय क्षेत्रको हित तथा सुधारका पहल भइरहेको नगर प्रमुख केदारप्रसाद गुरागाईंले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: