Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले ५२ अर्ब ७० करोड रुपैयाँ बराबर (४१ करोड ५० लाख अमेरिकी डलर) ऋण लिन विश्व बैंकसँग सम्झौता गरेको छ । डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि सो ऋण सम्झौता भएको हो ।

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।

क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । यस आयोजनाले भारतको पश्चिमी बन्दरगाहसम्म राम्रो पहुँच प्रदान गर्दै यात्रा समय ३० प्रतिशतले घटाउने अनुमान छ । राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहित कम्तीमा तीनवटा बजार क्षेत्रहरू पनि निर्माण हुनेछ ।डिजिटल नेपाल गति वृद्धि आयोजनाले डिजिटल अर्थतन्त्र रणनीति अन्तर्गत रहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्न सघाउनेछ। हाल उच्च गुणस्तर र किफायती इन्टरनेटको सेवाबाट वञ्चित ग्रामीण क्षेत्रमा यस आयोजनाले ब्रोडब्यान्ड इन्टरनेट सेवाहरूको पहुँच बढाउन निजी क्षेत्रको पुँजी परिचालन गर्नेछ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रदेशका कर्मचारीको तलब १० प्रतिशतले बढ्ने

काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशतले बढाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारले उक्त निर...

प्रतिनिधिसभामा सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेको छन् । बैठकमा ‘विनियोजन विधेयक, ...

एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध गर्न पुनर्गठन आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु आवश्यक रहेको बताएक...

रास्वपा कर्णाली प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। पार्टी स्रोतका अनुसार वर्तमान सभापति मदन खड...

मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे ज्ञानबहादुर शाहीको टिप्पणी: कडा सन्देश हो, हिंसा होइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दिएको ‘खुट्टा भाँच्ने’...

नक्कली पाँच सयका नोटसहित बबिता थापा पक्राउ

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार ...

दुई दिनमै ४१ जना लागुऔषध सम्बन्धी घटनामा संलग्न पक्राउ

दमक । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, ...

निर्माणाधीन संसद् हलको निरीक्षण गर्दै सभामुख अर्यालले भने: अब निश्चित मिति चाहियो

समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी

नेपाल–भारत सीमामा पर्खाल लगाउन सांसद आशिका तामाङको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...

प्रहरीको भूमिकामाथि हर्क साम्पाङको प्रश्न

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending