काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ सच्याउनुपर्ने माग पुन: दोहोर्याएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै साम्पाङले सभामुखले विवादित अभिव्यक्ति अभिलेखबाट हटाउने निर्णय चाँडै गर्ने अपेक्षा व्यक्त गरे। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्टिकरण दिँदै सच्याउनुपर्ने माग यथावत् रहेको बताए।
साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकमाथि धाकधम्की दिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिरहेका युवाहरूलाई पक्राउ गरी झूटा मुद्दा लगाउने प्रयास भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए।
त्यस्तै, प्रदर्शनका क्रममा विद्यार्थीहरूको मोबाइल फोन खोसेर पानीमा डुबाइएको भनिएको घटनाप्रति पनि उनले असन्तुष्टि जनाए। यस्तो कार्यमा संलग्न वा निर्देशन दिने व्यक्तिमाथि कारबाही गर्न उनले माग गरे।
उनले ट्याम्पो पल्टाइएको, प्रहरीद्वारा घरको छानामा ढुङ्गा हानिएको लगायतका घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाए।
‘प्रहरी देख्नेबित्तिकै नागरिकले शान्ति र सुरक्षाको अनुभूति गर्नुपर्ने हो। तर अहिले त प्रहरीबाट के खोसिन्छ, के हुन्छ भन्ने त्रासको वातावरण बनेको छ,’ साम्पाङले भने।
उनले गृहमन्त्रीसमक्ष प्रहरीको व्यवहार र पछिल्ला घटनाबारे गम्भीर ध्यान दिन आग्रह गर्दै नागरिकको विश्वास कायम हुने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: