Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

प्रतिगमन विरोधी अग्रगामी गठबन्धनलाई विजयी गराऔँ : प्रचण्ड

संविधानकै उपलब्धि सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्था नागरिकको घरदैलोमा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान  र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन्। 

संविधान दिवस-२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको बताए। 

उनले भने, “यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।”

सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पु¥याउने श्रेय पनि वर्तमान संविधानलाई जाने बताए। यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको पनि उनको भनाइ छ । 

सन्देशमा भनिएको छ, “वर्तमान संविधानकै कार्यान्वयनका क्रममा हामी आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियामा छौँ । संविधान एवं सिङ्गो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ ।” 

उनले प्रतिगमन विरोधी अग्रगामी सबै नेपालीलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपिल गरेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविबारे कास्की प्रहरीले भन्यो- संवेदनशील विषयमा स्रोत भन्दै समाचार प्रकाशित नगर्नू

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा सार्वज...

प्रधानमन्त्री ओलीले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बै...

आज मध्यरातिदेखि मौन अवधि, सामाजिक सञ्जालबाट भोट माग पनि कारवाही

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजे मौन अवधि शुरु हुँदैछ।  यही मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेदेख...

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

धरान । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला  थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्...

दुर्गा प्रसाईंले भारतीय ग्याङस्टर विश्नोईको नाम लिएका हुन् ?

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको तिहाड जेलमा रहेका गुन्डा नाइके लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्...

प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्। भ्रमणको तयारीका लागि...

८६ लाखको अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा

सर्लाही । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ।  बुधबार पूर्व–पश्चिम रा...

सट्टेबाजीमा ५५ करोड कारोबार- चलाउँथे ७५ वटा बैक खाता, ७० सिमकार्ड

काठमाडौँ । अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर ब...

पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रह...

जुम्ला बन्यो साक्षर जिल्ला

काठमाडौं । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy