काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज सोमबार हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।
महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।
महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ ।
पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । तर, यस पटक भारत सेमिफाइनलबाटै घर फर्किएको छ ।
अघिल्ला संस्करणमा सधै फाइनलमा स्तब्ध हुँदै आएको नेपाल घरेलु मैदानमा भने उपाधि जित्न चाहन्छ ।
सेमिफाइनलमा भारतलाई हराएको कारण समेत नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ । यस्तै इतिहासको पानामा समेत नेपाल बंगलादेशविरुद्ध अपराजित छ ।
हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ । महिला साफमा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ ।
इतिहासले नेपाल बलियो देखिएपनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा रहेको छ । फाइनलमा समेत बंगलादेश त्यहि लयलाई कारण गर्न चाहन्छ ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो । बंगलादेशले भने भुटानलाई सेमिफाइनलमा स्तब्ध बनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: