काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज सोमबार हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।
महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।
महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ ।
पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । तर, यस पटक भारत सेमिफाइनलबाटै घर फर्किएको छ ।
अघिल्ला संस्करणमा सधै फाइनलमा स्तब्ध हुँदै आएको नेपाल घरेलु मैदानमा भने उपाधि जित्न चाहन्छ ।
सेमिफाइनलमा भारतलाई हराएको कारण समेत नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ । यस्तै इतिहासको पानामा समेत नेपाल बंगलादेशविरुद्ध अपराजित छ ।
हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ । महिला साफमा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ ।
इतिहासले नेपाल बलियो देखिएपनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा रहेको छ । फाइनलमा समेत बंगलादेश त्यहि लयलाई कारण गर्न चाहन्छ ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो । बंगलादेशले भने भुटानलाई सेमिफाइनलमा स्तब्ध बनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - ०९:२३
दाङ । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ । सो राष्ट्रिय निकुञ्जभित्र पर्ने ब...
फाल्गुन १४ गते, २०८२ - ०९:२२
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेत...
फाल्गुन १४ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् । स्वास्थ्य उपचारका लागि बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट...
फाल्गुन १४ गते, २०८२ - ०८:२८
चुनावमा कमजोर नतिजा आए विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न सक्छ
फाल्गुन १४ गते, २०८२ - ०८:१३
दोधारा चाँदनी । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधार...
फाल्गुन १४ गते, २०८२ - ०८:०९
सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णा...
फाल्गुन १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१...
फाल्गुन १४ गते, २०८२ - ०७:२३
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पाल...
फाल्गुन १४ गते, २०८२ - ०७:२१
मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहा...



प्रतिकृया लेख्नुहोस्: