Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८० शनिबार | 30th September, 2023 Sat

सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

खबरडबली संवाददाता

महेन्द्रनगर । आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् ।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधीसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आगामी निर्वाचनको तयारी थालिएको बताए । उनले असोज ११ गतेभित्र निर्वाचन अधिकृतको नियुक्ति, १२ र १३ गते तालिम÷प्रशिक्षण र असोज २१ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिए।

आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले यहाँ मतदान गर्न पाउनेछन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र रहेका छन् ।

त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुईसय एक, बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङ्गमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन् । २०७४ सालको प्रतिनिधि र प्रदेशसभामा नेकपा एमालेले वर्चश्व कायम गरेको सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रतिनिधिसभामा डडेल्धुरामा मात्रै निर्वाचन जितेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराउँदै प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति

ढोरपाटन । बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठ...

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भार...

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री प्रचण्ड

केही नाका अनुदानमा बनाइदिन्छौं भन्ने सहमति भएको छ

सोह्र श्राद्ध आजदेखि सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले...

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल भयो: परराष्ट्रमन्त्री साउद

छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प...

पाल्पामा नेपाल वडा संघ गठन

रामपुर । राजेशकुमार अर्यालको अध्यक्षतामा नेपाल वडा संघ पाल्पा शाखा गठन गरिएको छ । जिल्लाको ८१ वडाध्यक्षको भेलाले गठित संघको उपाध्यक्षद्वयमा दिवाकर देव...

धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

ढोरपाटन । बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटि...

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र उनको भ्रमण दलका सदस्यहरू छन्दुबाट आज स्वदेश फर्किएका छन् ।  संयुक्त ...

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर 'भीम सार्की'

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए । दलित परिवा...

मुलुकको अर्थतन्त्र कमजोर हुँदै जाँदा व्यवस्थाप्रति नागरिकको भरोसा डगमगायो: सांसद चौधरी

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी  हुनुमा शास...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending