Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

एक्लै लड्ने हल्ला गर्ने एमालेको महागठबन्धन !

जुनसुकै शक्तिसँग सहकार्य गर्न पछि नहट्ने एमाले स्वतन्त्र जनप्रतिनिधिसँग अनुदार

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ। स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार उठाएर चुनाव लड्दैछन्।

तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन बनाएर चुनाव लडिरहेकोबारे खास चर्चा हुने गरेको छैन। सत्तारूढ दलले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाँदा एमालेले पनि आफूसँग मुद्दा र व्यवहार मिल्ने पार्टीसँग सहकार्य र गठबन्धनको प्रयत्न गरिरहेको छ। कतिपय साना दलहरू एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने तयारी गरिरहेका छन्।

सत्तारूढ गठबन्धनमा पनि तत्कालको मुद्दा एउटै भएकाले कार्यनीतिक सहकार्यमा छन्। विगतमा अलग अलग धारमा रहेर राजनीति गरेका शक्तिहरू २०७७ पुस ५ मा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संयुक्त रूपमा सडकमा निस्किए। संविधानको रक्षा, गणतन्त्रको रक्षा र लोकतान्त्रिक प्रणालीको मुद्दामा एक ठाउँमा उभिएका ती दलहरूको कार्यनीति मोर्चा बन्यो, जुन मोर्चा स्थानीय निर्वाचनदेखि अहिलेसम्म सहकार्यमा छन्।

यता एमालेले पनि मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्यको कोसिस गरिरहेको छ। गणतन्त्रप्रति खास अनुराग नराख्ने एमाले अध्यक्ष ओलीले राजावादी शक्तिदेखि मधेशलाई अलग राज्य बनाउनुपर्ने माग राख्ने र संघीयताको खारेजी हुनुपर्ने मान्यता राख्ने शक्तिसँग समेत सहकार्य गरिरहेको छ। 

२०६२÷०६३ सालमा जुन शक्तिले पार्टीभित्र गणतन्त्रको वकालत गथ्र्यो, त्यो शक्ति अहिले एमालेसँग छैन। पार्टीका तात्कालीन नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल अहिले कांग्रेस–माओवादीको मोर्चामा छन्। 

जो २०६२/०६३ को आन्दोलनमा सहभागी भएनन्, गणतन्त्रप्रति अनुराग राखेनन्, ती नेताहरू अहिले एमालेको शीर्षस्थानमा छन्। संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसमेत सशस्त्र संघर्षको रापतापले बाध्यतावश बोक्नुपरेको बताउने ती नेताहरू अहिले आफ्नो विचार र मुद्दाअनुकूलका शक्तिहरू खोजेर सहकार्यको हात बढाइरहेका छन्।

एमालेले राप्रपाका नेता राजेन्द्र लिङ्देलसँग चुनावी मोर्चामा सहकार्य गर्दैछ। लिङ्देल र उनको पार्टी यस्तो शक्ति हो, जसले अहिले पनि संवैधानिक राजतन्त्र, हिन्दू राज्य र एकात्मक राजनीतिक प्रणाली चाहन्छ। 

राजनीतिक रूपमा कमजोर अवस्थामा रहेको यो शक्ति अनुकूल परिस्थिति निर्माण गरी शक्ति सञ्चय गर्ने गौंडो कुरेर बसेको छ। नेपालमा गणतान्त्रिक व्यवस्था लामो समय नटिक्ने सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएको यो शक्तिसँग सहकार्य गर्न एमालेमा किञ्चित अप्ठ्यारो अनुभूति देखिँदैन। 

महाधिवेशनमा पराजित भएपछि राप्रपा छोडेर राप्रपा नेपाल गठन गरेका कमल थापा पनि एमाले नेतृत्वको गठबन्धनको छातामुनि छन्। महाधिवेशन अघिसम्म गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको चर्को विरोध गर्दै आएका थापा पार्टीबाट अलग भएपछि राजसंस्थाप्रति आफ्नो अनुराग सकिएको बताउन थालेका छन्। 

तर, उनको दृष्टिकोणमा कुनै बदलाव आएको भने देखिँदैन। सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न पछि नगर्ने नेताको अभियोग खेपिरहेका थापा पनि मुद्दा मिलेकै कारण एमाले छातामुनि छन्।

मधेशलाई नेपालबाट अलग गर्ने घोषणासहित मधेशमा हिंसात्मक संघर्ष गरी शान्तिप्रक्रियामा आएको सिके राउत समूह पनि एमाले गठबन्धनमा सामेल छ। नेपाल जनमत पार्टीका नाममा स्थानीय चुनावमा भाग लिएको यो शक्ति पश्चिमा शक्तिकेन्द्रद्वारा परिचालित भएको अभियोग लाग्ने गरेको छ। 

हिंसात्मक संघर्ष त्यागे पनि पृथकतावादी नीति नत्यागेको यो शक्तिसँग एमालेको गठबन्धन प्राकृतिक देखिँदैन, किनकि एमाले र अध्यक्ष ओली पहाडिया खस राष्ट्रवादको पक्षमा छन्, जुन कुरा राउतको पार्टीसँग मेल खाँदैन।

एमालेसँग गठबन्धन गर्ने शक्तिमा हृदयेश त्रिपाठी नेतृत्वको समूह पनि पर्दछ। ओली सरकारमा मन्त्रीको जिम्मेवार पाएका त्रिपाठी २०७४ को निर्वाचनमा समेत सूर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए। तुलनात्मक रूपमा अरूभन्दा कम आलोचित त्रिपाठी समूहको मुद्दा भने एमालेसँग मिल्दैन। त्रिपाठी समूह पहिचान र सामाजिक न्यायको मुद्दाको पक्षमा छ, जुन मुद्दा एमाले र अध्यक्ष ओली सुन्न चाहँदैनन् । 

तर, यति धेरै अन्तरविरोधका बाबजूद पनि २ दलको सहकार्य निरन्तर छ। पूर्वमन्त्री एकनाथ ढकालको परिवार दल गत स्थानीय निर्वाचनमा घोषित रूपमै सूर्य चिन्हबाट चुनाव लडेको थियो। होलिवाइन प्रकरणले विवादमा आएका ढकाल पश्चिमा शक्तिहरूबाट परिचालित भएको आरोप लाग्ने गरेको छ। तर, एमाले त्यो दललाई आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने गरी सहकार्यमा राखिरहेको छ।

यी शक्तिका साथै एमालेले सिपी मैनाली नेतृत्वको नेकपा मालेदेखि विप्लव नेतृत्वको नेकपा र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग समेत अघोषित सहकार्य गरिरहेको छ। 

एमालेले निर्वाचनमा जति शक्तिसँग सहकार्य गरिरहेको छ, ती कुनै पनि शक्ति अन्तरमनले वर्तमान संविधान मान्न तयार देखिँदैनन्। कमल थापा र राजेन्द्र लिङ्देल संविधानका अधिकांश प्रावधान र यसको मूल चरित्रसँगै असहमत छन्। राउत, त्रिपाठी र ठाकुर आत्मनिर्णयको अधिकार खोजिरहेका छन्। राउतको समूह त अलग राष्ट्रको नारामै कायम रहेको देखिन्छ। मैनाली नेतृत्वको मालेसमेत पछिल्लोसमय दरबारमुखी भएको अभियोग लाग्ने गरेको छ।

वर्तमान राजनीतिक प्रणालीप्रति नै असहमत रहेको विप्लव नेकपासँग पनि ओलीको सामिप्यता घटेको छैन। यसरी अतिउत्तर र अतिदक्षिण ध्रुवका शक्तिहरू अति घनिष्ठताका साथ सहकार्य गर्दासमेत उनीहरूको वैचारिक दृष्टिकोण र मुद्दाबारे हामीकहाँ खास बहस र विमर्श भएको देखिँदैन।

भोटका लागि जुनसुकै शक्तिसँग सहकार्य र गठबन्धन गर्नसक्ने एमाले स्वतन्त्र जनप्रतिनिधिसँग भने अनुदार देखिएको छ। धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन साहलाई लक्षित गरिएको एमाले नेताहरूले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने एमाले उनीहरू त्रसित भएको छनक मिल्छ। 

स्वतन्त्र उम्मेदवारलाई माओवादी अध्यक्ष प्रचण्डले ‘‘गणतन्त्रको फूलबारीमा फुलेका फूलहरू’’ भनिरहँदा एमाले अध्यक्ष ओली, नेता महेश बस्नेत लगायतले स्वतन्त्र जनप्रतिनिधि र उम्मेदवारमाथि आफ्ना तिखा अभिव्यक्तिबाट आक्रमण गरिरहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending