Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

खबरडबली संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षका भए । उनको मुख्य पेसा मादल बनाउने हो ।

उनीसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ । उनका अनुसार बाजे–बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएका छन् । 

‘घरको जेठो सन्तान भएकोले बा–आमा, भाइ बहिनीहरुलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी भएपछि व्यावसायिक रुपमै मादल बनाउन थालेँ’, उनले विगत स्मरण गर्दै भने, ‘विसं २०५९ देखि रामेछापकै खिम्ती बजारमा मादललगायत अन्य वाद्यवादन बनाएर बिक्री गर्दै आएको थिएँ, तर अहिले त्यो पेसाबाट विस्थापित भएँ ।’

उनले त्यहाँ करिब १३ वर्ष व्यवसाय गरे । खिम्तीमा व्यवसाय सञ्चालन गर्दा तिहार र विवाहका लगनहरुमा मादल, दमाहा टेम्कोलगायत सामग्री बनाउन र मर्मत गर्न भ्याइनभ्याई हुन्थ्यो । पाँच जनालाई रोजगारी दिएका थिए । तर अहिले त्यस्तो छैन । अहिले आफैँलाई काम पाउन मुस्किल छ ।

विसं २०७२ सालको भूकम्पका कारण उनले भाडामा लिएको कच्ची घर भत्कियो । थुप्रै मादलहरु पुरिए । त्यसपछि उनी गाउँ नै फर्किए । पुनर्निर्माणका लागि प्राप्त अनुदान तीन लाखमा केही थपेर घर बनाए पनि गाउँमा खानेपानीको अभावले जब्बर दम्पतीसहित खनखनेका १२ घर बादीमध्ये १० घरपरिवार पानी र अन्य सुविधाको खोजी गर्दै भटौलीकै ठेडीखोला किनारमा झरेर ऐलानी जग्गामा टहरो बनाइ बसे ।

मादल बनाउने परम्परागत पेसा टिकाउन उनलाई हम्मेहम्मे परेको छ । ‘पहिलेपहिले गाउँमा बस्दा तिहारका बेला मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । यस वर्षको तिहारदेखि मादल बनाउने र किन्ने ग्राहक आउँनै छाडे’, उनले भने । मादल मात्र हैन, पञ्चैबाजाका लागि आवश्यक टेम्को, दमाहा, ढोलक र वाद्यवादनका लागि आवश्यक तवेला, वालन भजनमा बजाइने खैँजेडी बनाउने यहाँका वादीहरुको पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ ।

तिहारका बेलामा खेलिने देउसी भैलोमा मादलको प्रयोग हुन छाडेपछि मादलको बिक्री घटेको रामेछाप नगरपालिका–८ का बद्रीप्रसाद घिमिरे बताउँछन् । मादलको व्यापार घटेसँगै समुदायको पेसा नै सङ्कटमा परेको मन्थली–७ का शम्भु बादी बताउँछन् ।

छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ । उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसाको व्यवस्था गरिदिनुपर्ने माग बादी समुदायको छ ।

मन्थली नगरपालिकाको वडा नं १, २ र ७ मा गरी जम्मा १९ घरपरिवार बादी समुदायको छ । उनीहरुको जनसङ्ख्या ७५ जना छ। पुर्ख्यौली पेसाले जीउन गाह्रो भएपछि रोजगारीका लागि युवाहरु सहर पस्न थालेका छन् ।

मन्थली नगरपालिकाले गत आर्थिक वर्ष २०८०–८१ मा वडा नम्बर ३ का दलित समुदायमा जब्बरबहादुर बादीलाई प्रशिक्षक बनाइ मादललगायत वाद्यवादन सामग्री बनाउने तालिम सञ्चालन गरेको थियो । तर त्यस्ता सामग्रीले बजार नपाएपछि समस्या भएको छ । स्थानीय सरकारले उत्पादन भएका वाद्यवादनका सामग्रीहरुको बजारीकरणका लागि खासै चासो नदिएको स्थानीय केशव बादीले गुनासो गर्नुभयो ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उनीहरूलाई छुट्टै वैकल्पिक पेसा दिन नसक्ने तर पुर्ख्यौली पेसा संरक्षणका लागि समुदायस्तरमा सहयोग गरी छालाजन्य वस्तुहरु पर्याप्त उत्पादनमा सहजीकरण गर्ने बताए ।

जिल्लामा रहेका बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेकाले रोजगारीका अवसर सृजना गरी जीविकोपार्जनमा सहयोग गर्नुपर्ने स्थानीय अगुवा गुञ्जबहादुर श्रेष्ठको धारणा छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending