काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेलगत्तै चुनावी कार्यक्रम सुरु गरेकी छन्।
पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले आइतबार काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय थलीमा उम्मेदवारी दर्ता गरिन्।
उम्मेदवारी दर्ता गरेलगत्तै उनी बेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर –६ मूलपानीमा पुगेकी थिइन्। मूलपानी पुगेर घर्तीले बुद्धि पोखरेल ‘अमृत’का बाबा–आमासँग भेटेर जितको शुभकामना तथा आर्शिवाद ग्रहण गरेकी छन्।
पोखरेललाई राज्य पक्षबाट २०६१ सालमा बेपत्ता पारिएको उनका परिवारका सदस्यले बताएका छन्। पोखरेलको अवस्था अझै पत्ता लागेको छैन।
घर्तीले अबको राजनीतिक जीवन काठमाडौं २ मा समर्पण गर्ने र यस क्षेत्रका जनताको सेवाका लागि अनुमति लिन आएको बताउँदै चुनावी कार्यक्रम सुरु गरेकी हुन्। बेपत्ता परिवारका सदस्यसँगको भेटमा उनले आफ्नो छोरा–छोरी सम्झिन आग्रह गर्दै बेपत्ता छोराको सपना पूरा गर्न पनि माओवादी र आफ्नो जित आवश्यक रहेको बताइन्।
माओवादी जनयुद्धमा प्रत्यक्ष होमिएर सैन्य कमाण्डको नेतृत्व गरेकी घर्तीले आफ्नो जिल्ला रोल्पामासमेत सहिद तथा बेपत्ता परिवारको संख्या निक्कै ठूलो रहेको र त्यसको मर्म आफूले प्रत्यक्ष रुपमा अनुभव गरेको सुनाइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - ०९:३२
तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउन...
आश्विन ७ गते, २०८१ - ०९:१५
म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच...
आश्विन ७ गते, २०८१ - ०८:५८
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ पर...
आश्विन ७ गते, २०८१ - ०८:४०
काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन शिकार आरक्ष’ पेशेवर विदेशी शिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउ...
आश्विन ७ गते, २०८१ - ०८:१२
पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ...
आश्विन ७ गते, २०८१ - ०८:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूता...
आश्विन ७ गते, २०८१ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेक...
आश्विन ७ गते, २०८१ - ०७:५०
मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त र...
आश्विन ७ गते, २०८१ - ०७:४७
अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी...
आश्विन ७ गते, २०८१ - ०७:४१
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन्। सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुष...
प्रतिकृया लेख्नुहोस्: