काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढीरपहिरोबाट जनजीवन प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्दार गरिरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयको उद्दार गर्नुका साथै राहत सामग्री वितरण गरिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका, वडा नं. १, खडैचा कृषि चौफेरी गाउँमा राप्ति खोला र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयको उक्त गाउँपालिकासँग समन्वय गरी उद्धारका साथै खाना र पानीसमेत उपलब्ध गराएको सेनाले जनाएको छ ।
कैलालीको विभिन्न डुबान प्रभावित इलाकामा स्थानीय र उनका सामग्री स्थानान्तरण गर्नुका साथै सेनाले बाढीको कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरुलाई सकुशल उद्धार गरेको छ । जुम्ला र कालिकोटामा सेनाले हेलिकप्टरमार्फत चार जनाको उद्दार गरि सुर्खेतसम्म पु¥याएको छ ।
सेनाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा, गायत्री टोल आसपासको क्षेत्र डुबानमा परि घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । डुडुवा गाउँपालिका वडा नं १ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिइएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–८ थपुवामा बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा रहेको करिब ५० मिटर बाँध निर्माण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: