काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले मान्छेको उठिबास लगाउनेगरी बन्यजन्तुको संरक्षण गर्न नसकिने बताए।
बाँदर, बँदेल, दुम्सीजस्ता जनावरले बाली खाएर किसानलाई उठिबास लगाएको विषय संसदसम्म चर्को रुपमा उठिरहेका बेला पोखरेलले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय अभिसन्धी र कानुनको बहाना देखाएर किसानलाई थातथलो खेतिपातीबाट बेदखल गर्ने काम न्यायोचित नभएको उनको भनाइ छ ।
प्रकृति र मानवबिच सन्तुलन आवश्यक हुने तर मान्छेको उठिबास लाउने सन्तुलन प्रभावी नहुने उनको भनाइ छ ।
‘बाँदर, बँदेल र दुम्सीको आतङ्कले कृषि कर्ममा आश्रित किसानहरु विस्थापित भइरहेका छन्’ पोखरेलले भने, ‘प्रकृति र मानवबिच सन्तुलन चाहिन्छ तर मान्छेकै उठिबास लाग्नेगरी होइन।’ संरक्षण क्षेत्रभित्र नै सबै प्रकारका पशुपंक्षीको संरक्षण गर्नुपर्ने उनको धारणा छ ।
यसका लागि संरक्षण क्षेत्र बिस्तार गर्न सकिने उनको राय छ । महासचिव पोखरेलले बन्यजन्तुबाट बाली जोगाउन कृषि क्षेत्रका लागि फरक नीति आवश्यक रहेको उल्लेख गर्नुभएको छ । बन्यजन्तु आतंकका कारण कृषि उत्पादन र किसानलाई संरक्षण गर्न उनले आव्हान गर्नुभएको छ । ‘कृषि उत्पादन र किसानका लागि संरक्षणकारी नीति र कानुन निर्माण गरौं’ पोखरेलले लेख्नुभएको छ, ‘अब त निकै ढिला भइसक्यो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: