Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङखलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ ।  

मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल ९हान० का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले भने– “यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै बिदा मनाउने उल्लेख्य सङ्ख्यामा गन्तव्यमा निस्किएका छन् । अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।”

पछिल्ला दिनमा काठमाडौँलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ । पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ । प्रि–बुकिङ पनि राम्रो रहेको छ । होटल क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बाक्लिएका छन् । 

तीन दिनयता उपत्यकाको मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरी हिल्स, जरसिंहपौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन् ।  उपत्यकाका पवित्र तीर्थस्थल, धार्मिक तथा पुरातात्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ । पशुपति क्षेत्र, स्वयम्भु, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिकस्थलमा तिर्थालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन् ।

त्यसो त, यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त मौसम हो । यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन् । मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मौसमले साथ दिएकाले आरोहण सामान्यरुपमा चलिरहेको जानकारी दिए । मनास्लु आरोहण लगभग सकिएको छ । अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन् ।

विभागको विवरणमा हाल नेपालसहित ६९ देशका एक सय १० आरोही समूहका नौ सय ३१ आरोहीले आरोहण अनुमति लिएका छन् । यीमध्ये सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।

सफा मौसम भएकाले नीलो आकाश र हरिया डाँडाकाँडाले जोकोहीलाई आकर्षित गर्छ । त्यसमा पनि चाँदीका घेरा झै टल्किने हिमशृङखलाको मनमोहक दृश्यले पर्यटकीय मौसममा थप रौनकता थपिएको छ । अहिले उपत्यकाका जुनसुकै स्थानबाट सहजै उत्तरी भेगमा विभिन्न हिमालका मनोरम दृश्यावलोकन गर्न पाइन्छ । तिहारको मौसम पनि शुरु हुन लागेकाले हरिया पहाड उपत्यकाका विभिन्न स्थानमा फुलेका फुलको मनमोहक दृश्य पनि कम आकर्षक छैन ।

मौसमले साथ दिएकाले अहिले पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताए । “पर्यटकीय चहलपहल राम्रै बढेको छ, बीचमा मौसमले केही समस्या आएपनि पछिल्ला दिनमा मौसम सफा रहे सँगै पर्यटकलाई आवागमन र दृश्यावलोकनलाई सहज तुल्याएको छ । यो मौसमले पर्यटन क्षेत्रमा पनि सकारात्मक बहार ल्याउछ”, मकालु एडभेन्चर प्रालिका प्रवन्ध निर्देशकसमेत रहनुभएका लम्सालले भने ।

मौसम खुलेसँगै हवाई उडान विशेषगरी पर्वतीय उडान ९माउन्टेन फ्लाइट० मा पनि आकर्षण बढेको छ । पर्वतीय उडानका लागि यो उपयुक्त मौसम पनि हो । मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालायित तुल्याउँछ । अक्टोबर र नोभेम्बर पर्वतीय उडानका लागि राम्रो मानिन्छ ।

“मौसम राम्रोसँग खुलेकाले दुईदिन यता पर्वतीय उडान ह्वात्तै बढेको छ”, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने “अब यो क्रम बढ्ने विश्वासमा छौ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ”, उनले भने । मौसमले साथ दिएकाले पर्वतीय उडान उत्सावर्द्धक रुपमा चलिरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । “मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र हिमश्रृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।”

विस्तारै नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending