Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

खबरडबली संवाददाता

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालामा आज अपराह्न भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई २–० गोलले हराएको हो । आर्मीलाई जीत दिलाउन खेलको पहिलो हाफमा नवयुग श्रेष्ठ र दिनेश हेमजनले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा नवयुगले गोल गर्दै टोलीको अग्रता बनाएकोमा २९ औँ मिनेटमा हेमजनले अग्रता दोब्बर बनाए ।

पुलिससँगको खेलमा विजयी भएसँगै आर्मी दुई खेलबाट अङ्क बटुल्दै समूह ‘सी’ को शीर्ष स्थानमा पुग्न सफल भयो । आफ्नो पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको थियो । सेमिफाइनलमा आर्मीले स्थान बनाउँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपविजेता पुलिस क्लब र लुम्बिनी प्रदेश समूह चरणबाट नै बाहिरिएका छन् ।

प्रतियोगितामा पुरुष फुटबलमा ११ वटा टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेस प्रदेश र एपीएफ रहेका छन् ।

त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’ मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते खेल हुने तालिका छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनले नेतृत्व हत्याएपछि देउवा चुनावमा नखुल्दा कांग्रेसलाई क्षति पुग्ने सम्भावना कति ?

चुनावमा कमजोर नतिजा आए विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न सक्छ

बैतडीमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

दुई जना घाइते, पाँच पक्राउ

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

दोधारा चाँदनी । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधार...

निर्वाचन सात दिन बाँकी: कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णा...

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१...

कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पाल...

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहा...

घोषणापत्रमा मलैमल, किसानलाई सास्ती पलैपल

काठमाडौँ । देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिझाउन उम्मेदवारले विभिन्न प्रचार शैली अपनाइरहेका छन् । ...

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले भौतिक पूर्वाधार, ऊर्जा, यातायात र कृषि आधुनिकीकरणका...

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान

महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE