काठमाडौँ । नेपाली फुटबलकी गौरव र देशको “गहना” सावित्रा भण्डारी साम्बा अहिले आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन्। मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा, यतिबेला घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहन बाध्य भएकी छिन्।
यस चुनौतीपूर्ण समयमा, इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नो ब्रान्ड एम्बेसडर साम्बाको उपचार र पुनरागमनको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
साम्बाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो रिह्याब प्रक्रियाका लागि ठुलो स्रोत आवश्यक छ। तर, “थाकेको हो, हारेको छैन” भन्ने साम्बाको अदम्य हिम्मतको सम्मान गर्दै भायानेटले उनलाई पुनः मैदानमा फर्काउन यो सानो तर महत्वपूर्ण प्रयास गरेको हो।
भायानेटले साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भनेको छ— “देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथ हुनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्केर देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ।”
भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको तत्परताले कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्शन कायम गर्ने कम्पनीको मूल मन्त्रलाई अझ प्रष्ट बनाएको छ।
साम्बा जस्तो युवा खेलाडीलाई समर्थन गर्ने यो कदम देशको खेलकुद र युवाप्रतिको प्रेरणा पनि बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...
बैशाख १७ गते, २०८३ - २०:४१
काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...
बैशाख १७ गते, २०८३ - २०:३५
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...
बैशाख १७ गते, २०८३ - २०:३२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...
बैशाख १७ गते, २०८३ - २०:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...
बैशाख १७ गते, २०८३ - २०:०८
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...
बैशाख १७ गते, २०८३ - २०:०२
काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...
बैशाख १७ गते, २०८३ - १९:५१
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...
बैशाख १७ गते, २०८३ - १९:४८
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...


प्रतिकृया लेख्नुहोस्: