Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

खाद्य सुरक्षाका लागि थप लगानी गर्न आग्रह

खबरडबली संवाददाता

नोम्पेन्ह । खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले आग्रह गरेका छन् ।कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सी संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सो आग्रह गरेका हुन् ।

यी संस्थाहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरेर विश्वका देशहरुलाई खाद्यान्न अभावको समस्या देशव्यापी रुपमा बढ्दै गएकाले यसका लागि अब सोच्नुपर्ने अवस्था आएको बताएका हुन् । आइतबार विश्व खाद्य कार्यक्रमका अवसरमा उनीहरुले विश्वका देशहरुलाई सो आग्रह गरेका समाचारमा जनाइएको छ ।

हाल विश्वमा आन्तरिक द्वन्द्वका कारण कैयौँ देशबाट नागरिकहरुले देश छोड्नुपरिरहेको अवस्था छ । त्यस्तै बाढी पहिरो आदिका कारण पनि खाद्यान्न बालीमा समस्या उत्पन्न भएकाले खाद्यान्न अभावको अवस्था देखिँदै गएको पनि सो संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

साथै हालका वर्षहरुमा विश्वमा जलवायु परिवर्तनका कारण समस्या उत्पन्न भइरहको र यसले कुनै पनि देशका खेती प्रणालीहरुमा नै असर गरिरहेकाले यो अवस्था आएकाले पनि खेती प्रणालीहरुमा परिवर्तन ल्याइ नयाँ खेती प्रणालीको विकासका लागि थप लगानी गर्नुपर्ने अवस्था आएको पनि बताइएको छ ।

देशहरुले दिगो खाद्य विकास कार्यक्रमहरु ल्याउनुपर्ने र खाद्यान्नका आपूर्तिका विधि र तरिकाहरुमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको छ । आइतबार विश्व खाद्य दिवस विश्वका विभिन्न देशका खाद्यान्नको आवश्यकता, यसको उपलब्धता र आगामी दिनमा खाद्यान्नको सुनिश्चितताजस्ता विषयमा आवश्यक छलफल र परामर्श गरी मनाइएको छ ।

साथै संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम लगायतका विश्वका अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले पनि आगामी दिनहरुमा जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभावका थप समस्याहरु झेल्नुपरिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने सन्देश पनि यस दिवसका अवसरमा दिइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

भरतपुरमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो । ...

नख्खु कारागारबाट फरार अभियुक्त बैतडीबाट पक्राउ

बैतडी। गत भाद्रमा जेनजी आन्दोलन का क्रममा नख्खु कारागार बाट फरार भएका एक अभियुक्तलाई बैतडी प्रहरीले पुन: नियन्त्रणमा लिन सफल भएको छ । जबरजस्ती करणी...

एन्फामाथिको निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । शुक्रबार एन्फाका महासचिवसह...

मधेसका मुख्यमन्त्री यादवले जेठ ८ मा विश्वासको मत लिने, जसपा नेपालले निर्णय नलिएपछि सर्‍यो

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेश सभामुख रामअषिश यादवलाई पत्र पठाएका छन् । जनता...

विद्यार्थी संगठनमा प्रतिबन्धको तयारीविरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले ६२औँ विद्यार्थी दिवसको अवसरमा राजधानीमा प्रदर्शन गरेका छन् । शुक्रबार त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending