नोम्पेन्ह । खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले आग्रह गरेका छन् ।कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सी संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सो आग्रह गरेका हुन् ।
यी संस्थाहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरेर विश्वका देशहरुलाई खाद्यान्न अभावको समस्या देशव्यापी रुपमा बढ्दै गएकाले यसका लागि अब सोच्नुपर्ने अवस्था आएको बताएका हुन् । आइतबार विश्व खाद्य कार्यक्रमका अवसरमा उनीहरुले विश्वका देशहरुलाई सो आग्रह गरेका समाचारमा जनाइएको छ ।
हाल विश्वमा आन्तरिक द्वन्द्वका कारण कैयौँ देशबाट नागरिकहरुले देश छोड्नुपरिरहेको अवस्था छ । त्यस्तै बाढी पहिरो आदिका कारण पनि खाद्यान्न बालीमा समस्या उत्पन्न भएकाले खाद्यान्न अभावको अवस्था देखिँदै गएको पनि सो संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
साथै हालका वर्षहरुमा विश्वमा जलवायु परिवर्तनका कारण समस्या उत्पन्न भइरहको र यसले कुनै पनि देशका खेती प्रणालीहरुमा नै असर गरिरहेकाले यो अवस्था आएकाले पनि खेती प्रणालीहरुमा परिवर्तन ल्याइ नयाँ खेती प्रणालीको विकासका लागि थप लगानी गर्नुपर्ने अवस्था आएको पनि बताइएको छ ।
देशहरुले दिगो खाद्य विकास कार्यक्रमहरु ल्याउनुपर्ने र खाद्यान्नका आपूर्तिका विधि र तरिकाहरुमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको छ । आइतबार विश्व खाद्य दिवस विश्वका विभिन्न देशका खाद्यान्नको आवश्यकता, यसको उपलब्धता र आगामी दिनमा खाद्यान्नको सुनिश्चितताजस्ता विषयमा आवश्यक छलफल र परामर्श गरी मनाइएको छ ।
साथै संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम लगायतका विश्वका अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले पनि आगामी दिनहरुमा जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभावका थप समस्याहरु झेल्नुपरिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने सन्देश पनि यस दिवसका अवसरमा दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: