काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ ।
मन्त्रियस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री खड्कराज पोडेल (गनेस) ले नयाँ नियमावली जारी गरेको हो ।
कोषको नयाँ नियमावलीअनुसार कार्यकारी निर्देशकको पद हटाइएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए।
कोषमा ऐनले कार्यकारी अधिकार दिएको सदस्य सचिवको व्यवस्था हुँदाहुँदै वसन्त चौधरी सदस्य सचिव भएका बेला नियमावलीमा संशोधन गरी कार्यकारी निर्देशकको व्यवस्था गरिएको थियो ।
विसं २०६० मा कार्यकारी निर्देशकको व्यवस्था भएपछि पहिलो कार्यकारी निर्देशकका रुपमा सरकारका उपसचिव रामशरण चिमौरियालाई तोकिएको थियो ।
उनको कार्यकालपछि पुरातत्व विभागको महानिर्देशकबाट सेवा निवृत्त भएका कोषप्रसाद आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।
आचार्यपछि कोषकै निर्देशक रमेश उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । उप्रेतीपछि डा घनश्याम खतिवडा कार्यकारी निर्देशक भएको थिए । खतिवडापछि कार्यकारी निर्देशक नियुक्त भएकी लक्ष्मी पुनका विषयमा विवाद भएपछि अदालतबाट हटाइएको थियो ।
पुनपछि सुभासचन्द्र जोशी कार्यकारी निर्देशक नियुक्त भएको थिए। कोषको नयाँ नियमावली जारी भएसँगै बहाल रहेकै अवस्थामा जोशीलाई पनि हटाइएको जनाइएको छ ।
विसं २०६० पछि कोषको कार्यकारी निर्देशकमा छ जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...
जेष्ठ १ गते, २०८३ - १५:२०
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो । ...
जेष्ठ १ गते, २०८३ - १५:०७
बैतडी। गत भाद्रमा जेनजी आन्दोलन का क्रममा नख्खु कारागार बाट फरार भएका एक अभियुक्तलाई बैतडी प्रहरीले पुन: नियन्त्रणमा लिन सफल भएको छ । जबरजस्ती करणी...
जेष्ठ १ गते, २०८३ - १४:५९
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । शुक्रबार एन्फाका महासचिवसह...
जेष्ठ १ गते, २०८३ - १४:४९
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेश सभामुख रामअषिश यादवलाई पत्र पठाएका छन् । जनता...



प्रतिकृया लेख्नुहोस्: