Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बझाङ जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

खबरडबली संवाददाता

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। 

उहाँका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको थियो । सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । अहिले घाइतेलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकोसमेत सूचना अधिकारी अवस्थीले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

महेश बस्नेतलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ बुझाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रे...

सिमकोटमा खानेपानीको अभाव

हुम्ला। जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खान...

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगायो

सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...

जेनजी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...

प्रधानमन्त्री कार्कीले ओलीलाई गुण्डु पुगेर दिइन् समवेदना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनका निवास पुगेकी छन्। केहीबेरअघि उनी श्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: