Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

माओवादी नेताहरुको अपिल : संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गरौँ

खबरडबली संवाददाता
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् । माओवादी केन्द्र सम्र्पक समन्वय प्रदेश समितिले आज आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण’ कार्यक्रममा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशीकरणलगायत संविधानको रक्षाका निम्ति गठबन्धलाई विजयी गराउन अपिल गरे । 
 
आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन रहेको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “अहिले देश माओवादीको एजेण्डामा छ, हामीले राजनीतिक व्यवस्था बदलेका छौँ तर जनताको अवस्था बदल्नु पर्नेछ, त्यसका निम्ति अबको चुनावमा जनताले सत्ता गठबन्धनलाई मतदान गर्नुपर्नेछ ।” उनले आगामी निर्वाचनपछि शान्ति प्रक्रियाका बाँकी कार्यलाई सम्पन्न गर्दै जनताको शिक्षा, स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्दै आर्थिक, सामाजिक विकाससहित मुलुकलाई समाजवादको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 
 
माओवादीका सचिव डिलाराम आचार्यले माओवादीका कारण प्राप्त उपलब्धि उपलब्धिलाई जनतासमक्ष पु¥याउँदै आगामी निर्वाचनमा केन्द्रित हुन आमकार्यकर्तालाई आग्रह गर्नुभयो । माओवादीका स्थायी कमिटी सदस्य सत्या पहाडीले आर्थिक, सामाजिक रुपान्तरणसँगै समृद्धि र समाजवादका निम्ति पनि आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिए 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending