Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भारतीय कांग्रेस पार्टीका नयाँ अध्यक्ष ८० वर्षीय खड्गे को हुन्?

खबरडबली संवाददाता

काठमाडौं । भारतमा पाका राजनीतिज्ञ मल्लिकार्जुन खड्गेले प्रमुख प्रतिपक्षी दल कांग्रेस पार्टीको आन्तरिक चुनावमा पार्टी अध्यक्ष पद जितेका छन्।

उनले सांसद शशि थरुरलाई पराजीत गरेर नयाँ अध्यक्ष बनेका हुन्। खड्गेले थरुरले प्राप्त गरेको भन्दा ८ गुणा धेरै मत पाएका छन्।

विजयपछि खड्गेलाई बधाइ दिँदै थरुरले भने, "हाम्रो पार्टीको पुनरूत्थान आजबाट साँच्चिकै सुरु भएको मेरो विश्वास छ।"

दुई दशकभन्दा धेरै समयपश्चात् पार्टीको नेतृत्व गैर गान्धी परिवारका नेतामा पुगेको छ। यसअघि सन् १९९८ मा सिताराम केसरीलाई पाँच वर्षे कार्यकालको दुई वर्ष बिताउन नपाउँदै हटाइएको थियो।

केसरीलाई सोनिया गान्धीले विस्थापित गरेकी थिइन्। उनले पार्टीको नेतृत्व १९ वर्षसम्म सम्हालिन्।

सन् २०१७ मा उनका छोरा राहुल गान्धी उक्त पदमा निर्विरोध निर्वाचित भएका थिए। तर सन् २०१९ को आम चुनावमा पार्टीको पराजयपछि उनले पद त्यागेका थिए।

त्यसयता सोनीया गान्धीले नै पार्टीको नेतृत्व सम्हाल्दै आएकी थिइन्।

को हुन् खड्गे?

गान्धी परिवारसँग निकट रहेका खड्गेको विजय अपेक्षित नै ठानिएको थियो।

पूर्व केन्द्रीय मन्त्री खड्गेले पार्टीमा साङ्गठनिक सुधार गर्ने भनेका छन्। जसमा ५० प्रतिशत प्रतिनिधित्व ५० वर्षभन्दा कम उमेर समूहको गराइने उनको योजना छ।

उनी स्वयं ८० वर्षका छन्। दक्षिण भारतीय राज्य कर्नाटकाको दलित समुदायका उनी लामो समयदेखि सार्वजनिक जीवनमा छन्।

सन् १९४२ मा बिदार जिल्लामा जन्मिएका उनको हुर्काइ छिमेकी गुलबर्ग जिल्लामा भएको थियो। उनले कानुन पढेका छन्। प्रारम्भिक कालमा उनले मजदूर युनियनहरूको प्रतिनिधित्व गरेका थिए।

विद्यार्थीकाल देखि नै उनले राजनीतिमा गहिरो अभिरुचि राखे। उनी सन् १९६९ मा कांग्रेस पार्टीमा सामेल भए।

सन् १९७२ मा त्यतिखेर उक्त राज्यका पार्टी प्रमुख देवराज अर्सले उनलाई माथिल्लो भनिने जातिको दबदबा रहेको गुर्मित्काल निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रोत्साहन गरेका थिए।

उनले उक्त क्षेत्रमा लगातार ९ पटक चुनाव जितेका छन्। साथै उनले चितापुर क्षेत्रबाट समेत चुनाव लडेर जितेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending