Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

भारतीय कांग्रेस पार्टीका नयाँ अध्यक्ष ८० वर्षीय खड्गे को हुन्?

खबरडबली संवाददाता

काठमाडौं । भारतमा पाका राजनीतिज्ञ मल्लिकार्जुन खड्गेले प्रमुख प्रतिपक्षी दल कांग्रेस पार्टीको आन्तरिक चुनावमा पार्टी अध्यक्ष पद जितेका छन्।

उनले सांसद शशि थरुरलाई पराजीत गरेर नयाँ अध्यक्ष बनेका हुन्। खड्गेले थरुरले प्राप्त गरेको भन्दा ८ गुणा धेरै मत पाएका छन्।

विजयपछि खड्गेलाई बधाइ दिँदै थरुरले भने, "हाम्रो पार्टीको पुनरूत्थान आजबाट साँच्चिकै सुरु भएको मेरो विश्वास छ।"

दुई दशकभन्दा धेरै समयपश्चात् पार्टीको नेतृत्व गैर गान्धी परिवारका नेतामा पुगेको छ। यसअघि सन् १९९८ मा सिताराम केसरीलाई पाँच वर्षे कार्यकालको दुई वर्ष बिताउन नपाउँदै हटाइएको थियो।

केसरीलाई सोनिया गान्धीले विस्थापित गरेकी थिइन्। उनले पार्टीको नेतृत्व १९ वर्षसम्म सम्हालिन्।

सन् २०१७ मा उनका छोरा राहुल गान्धी उक्त पदमा निर्विरोध निर्वाचित भएका थिए। तर सन् २०१९ को आम चुनावमा पार्टीको पराजयपछि उनले पद त्यागेका थिए।

त्यसयता सोनीया गान्धीले नै पार्टीको नेतृत्व सम्हाल्दै आएकी थिइन्।

को हुन् खड्गे?

गान्धी परिवारसँग निकट रहेका खड्गेको विजय अपेक्षित नै ठानिएको थियो।

पूर्व केन्द्रीय मन्त्री खड्गेले पार्टीमा साङ्गठनिक सुधार गर्ने भनेका छन्। जसमा ५० प्रतिशत प्रतिनिधित्व ५० वर्षभन्दा कम उमेर समूहको गराइने उनको योजना छ।

उनी स्वयं ८० वर्षका छन्। दक्षिण भारतीय राज्य कर्नाटकाको दलित समुदायका उनी लामो समयदेखि सार्वजनिक जीवनमा छन्।

सन् १९४२ मा बिदार जिल्लामा जन्मिएका उनको हुर्काइ छिमेकी गुलबर्ग जिल्लामा भएको थियो। उनले कानुन पढेका छन्। प्रारम्भिक कालमा उनले मजदूर युनियनहरूको प्रतिनिधित्व गरेका थिए।

विद्यार्थीकाल देखि नै उनले राजनीतिमा गहिरो अभिरुचि राखे। उनी सन् १९६९ मा कांग्रेस पार्टीमा सामेल भए।

सन् १९७२ मा त्यतिखेर उक्त राज्यका पार्टी प्रमुख देवराज अर्सले उनलाई माथिल्लो भनिने जातिको दबदबा रहेको गुर्मित्काल निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रोत्साहन गरेका थिए।

उनले उक्त क्षेत्रमा लगातार ९ पटक चुनाव जितेका छन्। साथै उनले चितापुर क्षेत्रबाट समेत चुनाव लडेर जितेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending