कास्की । सशस्त्र प्रहरीले नवौँ राष्ट्रिय महिला फुटबलको स्वर्णपदक जितेको छ । स्याङ्जाको वालिङमा आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्रले उपाधिको रक्षा गरेको हो ।
सशस्त्रलाई स्वर्णपदक दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेल सुरू भएको १० मिनेटमा पहिलो गोल गरिन् । १–० ले अगाडि रहेको सशस्त्रका लागि मध्यान्तरपछि ५२ मिनेटमा पुनःभण्डारीले दोस्रो गोल थपिन् । २–० ले पछाडि परेको पुलिसले ७६ मिनेटमा सान्त्वना गोल फर्कायो । पुलिसका लागि एक गोल निरू थापाले गरेकी हुन् । पराजयसँगै पुलिसले रजत पदक प्राप्त गरेको छ भने त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानसहित कांस्यपदक पाएको छ । आर्मीले प्रदेश नं १ लाई ७–० ले पराजित गरेको हो । आर्मीका लागि तेस्रो मिनेटमा हिमा चौधरीले गोल गरिन् । त्यस लगतै अमिशा कार्कीले ५, ३५ र ४१ मिनेटमा गरी ह्याट्रिक पूरा गरिन् ।
त्यस्तै चन्द्रा भण्डारीले ४३ मिनेटमा थप एक गोल गरी पहिलो हाफमा ५–० ले आर्मी अगाडि रह्यो । दोस्रो हाफको ६१ मिनेटमा गङ्गा गुरुङ र ७१ मिनेटमा कुसुम खतिवडाले एक÷एक गोल गरेका थिए । मङ्गलबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई र पुलिसले प्रदेश नं १ लाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा तीन विभागीय टिमसहित सात वटा प्रदेशबाट एकरएक टिम गरी कूल १० टिमको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: