काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गरेका छन् ।
‘आपसी सद्भाव र सांस्कृतिक महत्व झल्काउने यस्ता चाडपर्वले पारिवारिक पुनः मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाड पर्वहरूलाई खर्चिलो र भड्किलो बन्न दिनुहुने छैन भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्,‘चाडपर्वको मौका पारी निर्वाचनका लागि जारी गरिएको आचार संहिताविपरीत मतदातालाई अवाञ्छित रूपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधिहरु नगर्न सम्बन्धित दल, उम्मेदवार र सबै मतदाताहरूमा अपिल गर्दछु ।’
उनले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनले राष्ट्रको जीवनमा सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्ने विश्वास पनि व्यक्त गरेका छन् । –न्युज कारखाना
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १४:३१
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...
चैत्र १ गते, २०८२ - १४:१६
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनका निवास पुगेकी छन्। केहीबेरअघि उनी श्...
चैत्र १ गते, २०८२ - १३:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीभित...
चैत्र १ गते, २०८२ - १३:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठ...
चैत्र १ गते, २०८२ - १३:३०
गुलरिया। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत ज...
चैत्र १ गते, २०८२ - १३:१२
काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम...
चैत्र १ गते, २०८२ - १२:५३
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको सुरक्षा परिस्थिति ध्यानमा राख्दै नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैला...
चैत्र १ गते, २०८२ - १२:४१
काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नेपाल भ्रमण गरेका नेपाली सेनाका प्रवक्ता ...
चैत्र १ गते, २०८२ - १२:१८
काठमाडौँ । समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। बैठक भर्चुअल हुन...
चैत्र १ गते, २०८२ - १२:०७
काठमाडौँ । रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन थालिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी का...


प्रतिकृया लेख्नुहोस्: