Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

दलहरूले पाँच वर्षभित्र कस्तो नेपाल बनाउने परिकल्पना गर्दैछन्?

'मेक इन नेपाल'को नारा, घोषणापत्र हेरेर भोट दिने अभ्यास छैन

खबरडबली संवाददाता

काठमाडौं । आगामी महिना हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरूका प्रतिबद्धता दर्साउने चुनावी घोषणापत्र सार्वजनिक हुने क्रम सुरु भएको छ।

सर्वसाधारण जनतालाई कमै मात्र चासो हुने भए पनि राजनीतिक दलहरूले निकै मेहनत लगाएर चुनावी घोषणापत्र तयार गर्ने गरेका छन्।

राजनीतिक दलहरूले आफू सरकारमा पुगे पाँच वर्षभित्र गर्ने कामहरूको लामो सूची निर्वाचनअघि तयार गरे पनि सरकारमा पुगेपछि ती वाचाहरू बिर्सने गरेको यसअघि घोषणापत्र लेखनमा सहभागी भएका पूर्व सचिव रामेश्वर खनाल बताउँछन्।

'मेक इन नेपाल'को नारा

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सार्वजनिक गर्न बाँकी रहेको आफ्नो घोषणापत्रमा पाँच वर्षभित्र समाजलाई अहिलेको भन्दा निकै राम्रो अवस्थामा पुर्‍याउने अवधारणा अघि सारेको नेताहरूको दाबी छ।

कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य शङ्कर तिवारी कांग्रेसले आफ्नै उत्पादनलाई प्रोत्साहन दिने 'मेक इन नेपाल'को नारा अघि सारेको बताउँछन्।

"नेपाली उद्योग नेपालमै रोजगार, आफ्नै उत्पादन आफ्नै व्यापार मेक इन नेपाल जस्तै त्यसरी अघि बढ्ने कुरा पनि छ," तिवारी भन्छन्।

सुशासन र सम्मुनतिसँगै आगामी पाँच वर्षभित्र भौतिक पूर्वाधार र आर्थिक विकासको अवधारणा पनि कांग्रेस घोषणापत्रमा परिकल्पना गरिएको तिवारीले बताए।

कांग्रेसले सोमवार बिहान सार्वजनिक गर्ने तय गरेपनि अन्तिम समयमा आएर 'सङ्कल्प पत्र' सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ।

आयस्तर बढाउने वाचा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार चल्ने अवस्था हुँदा पाँच वर्षमा नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य सहितको घोषणापत्र बनाएको छ।

एमालेले अन्तिम रूप दिँदै गरेको आफ्नो घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने योजना बनाएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, "आधारभूत भौतिक पूर्वाधारहरू जस्तै सडक सञ्जालमा हरेक नागरिकले बढीमा आधा घण्टाको दुरीमा पहुँच कायम गर्न सक्नेछन्। खानेपानी र विद्युत्‌को सहज आपूर्ति हुनेछ तथा आधारभूत स्वास्थ्य र शिक्षाको सम्बोधन गर्दै जीवनस्तरमा सुधार गर्नेछौँ।"
एमालेले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि पनि अवधारणा अघि सारिने जनाएको छ।

समाजवादी पूर्वाधारको सपना

नेकपा माओवादी केन्द्रले चाहिँ पूर्वाधार निर्माणमा आफ्नो घोषणापत्र केन्द्रित गरेको जनाएको छ। तयार भएर छापामा पठाइएको भनिए पनि माओवादीको घोषणापत्र सार्वजनिक हुने मिति तय भएको छैन।

"सुशासन दिने र समाजवादको लागि राजनीतिक आर्थिक र सामाजिक पूर्वाधारहरूको निर्माण गर्नेतर्फ हाम्रो घोषणापत्र लक्षित छ," माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य गणेश साह भन्छन्।

आम जनताले पाउने सरकारी कार्यालयहरूबाट पाउने सुविधा प्रविधिमैत्री र सहज बनाउने अवधारणा माओवादीको प्राथमिकतामा राखिएको उनको दाबी छ।
"उत्पादन क्षेत्रमा जोड दिएर व्यापार घाटा कम गर्ने, ऊर्जा उत्पादन बढाउने पुँजीगत खर्च बढाउने र शिक्षा र स्वास्थ्यबाट तल्लो वर्गका जनताको जीवनस्तरमा सुधार गर्ने हाम्रो जोड छ," उनले भने।

आम जनतालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच दिलाउने कुरा पनि माओवादी घोषणापत्रको प्राथमिकतामा राखिएको उनले बताए।

संविधान संशोधनका मुद्दा

लोकतान्त्रिक समाजवादी पार्टीले संविधान संशोधन हुनुपर्ने अडान दोहोर्‍याउँदै १० प्रदेश र एक राजधानी प्रदेशको नारा अघि सारेको छ।

आइतवार घोषणापत्र सार्वजनिक गरेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि संविधान संशोधन गरेर प्रदेशहरूको पुनर्संरचना गर्नुपर्ने साथै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरू रहनुपर्ने मुद्दा उठाएको छ।

नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा राप्रपा र नयाँ खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनतालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच दिलाउने योजना घोषणापत्रमा अघि सारेका छन्।

अन्य कतिपय दलहरूले पनि विगतमा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आफूहरू रहेको बताउने गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजतन्त्रको पुनर्बहालीको माग सार्दै आएको छ।

'घोषणापत्र हेरेर भोट दिने अभ्यास छैन'

विसं २०७० सालको निर्वाचन अघि नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका पूर्व सचिव रामेश्वर खनाल शीर्ष नेताले घोषणापत्र नहेर्ने बताउँछन्।

आफूले बनाएको घोषणापत्रका लागि पार्टीका दोस्रो तहका नेताहरूले समन्वय गरेको तर तत्कालीन सभापति सुशील कोइरालाले त्यसबारेको 'ब्रिफिङ' पनि नसुनेको उनी बताउँछन्।

"त्यसमा के लेखिएको छ भन्ने कुरा मूल नेतृत्वलाई धेरै हदसम्म जानकारी पनि हुँदैन। एउटा टोलीले लेखेको हुन्छ। मूल टोली नबस्ने र अध्ययन गर्न समय पनि नपाउने भयो," उनले भने।

अर्थ मन्त्रालयमा रहँदा एक दशक बढी बजेट निर्माणमा समेत सहभागि भएको बताउने खनाल सरकारका मन्त्रीहरूले चुनावअघि आफ्नो पार्टीले बनाएको घोषणापत्रमा उल्लेख भएका आयोजना बजेटमा राख्न बिर्सने गरेको दाबी गर्छन्।

"हामीले निर्वाचन गर्दा यस्तो बाचा गरेका थियौँ बजेट बनाउँदाखेरि हाम्रो घोषणापत्र हेरेर तपाईँहरूले बजेट बनाउनुपर्‍यो' भनेर कुनै पनि अर्थमन्त्रीले, कुनै पनि प्रधानमन्त्रीले वा अरू कुनै मन्त्रीले भनेको मलाई सम्झना छैन," खनालले भने।

घोषणापत्र बनाउने दलहरूकै आफ्ना वाचामा प्रतिबद्ध नभएका कारण चुनावी नाराहरू कार्यान्वयनमा नआउने गरेको उनको बुझाई छ।

मतदाताले अझैसम्म पनि दलीय आधारमा मत दिने र घोषणापत्रको कार्यक्रम हेरेर भोट फेर्ने अभ्यास नेपालमा नभएको दाबी खनालको छ।

"घोषणापत्रमा फलानोले यस्तो नयाँ नीति ल्याउने भयो त्यस कारण यसलाई मत दिऊँ भनेर मतदाता गएको मैले अहिलेसम्म देखेको छैन," उनी भन्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending