Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

काठमाडौं छिर्दै पञ्जाब र हरियाणाको धुवाँ

खबरडबली संवाददाता

काठमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ। यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। 

यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन्। विशेषगरी कात्तिक र मङ्सिर महिनामा पराल जलाउने गरिन्छ। तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन। 

पराल जलाउने क्रममा दुर्घटनासमेत निम्तिने गरेका छन्। नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउने क्रममा २२२ वटा दुर्घटना भएका थिए। यो वर्ष पनि किसानले पराल जलाउन सुरु गरिसकेका छन्। त्यसबाट निस्केको धुवाँ सीमावर्ती क्षेत्रमा छिर्न थालेको छ। 

नेपालमा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापकहरू समेतको संलग्नतामा भएको अध्ययनबाट हरियाणा र पञ्जाबमा जलाइने परालको असर नेपालसहित अन्य मुलुकमा समेत पर्ने गरेको उल्लेख गरिएको छ। 

भारतको उत्तरप्रदेशमा कृषि अवशेष जलाउने मौसममा मध्य हिमाली क्षेत्रमा वायु प्रदूषणको असरसम्बन्धी उक्त अध्ययन प्रतिवेदनमा वायु प्रदूषण न्यूनीकरण गर्न नेपाल र भारतबीच सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै जोडी खोजिदिने कार्यक्रममा सक्रिय

काठमाडौं । विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो। अब भने त्यहाँको सरक...

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो खुलेको छ ।  जिल्लाको कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्...

यी एजेण्डामा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रवक्ता म...

निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा

टीकापुर । निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र वि...

कक्षा ९, १० र ११ मा अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने

काठमाडौं । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ।  राष्ट्रिय परीक्...

बुद्धकालीन सहरको संरचना भेटिएको दाबी

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरक...

चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी

काठमाडौँ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित ...

रविको बयान आज पनि, कहिलेबाट होला थुनछेक बहस ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी हुनेछ.। जिल्ला अदालत काकस्कीमा बिहीबार दिउँसोबाट बयान गराउन सुरु भए पनि...

कटारीमा वन्यजन्तु पुनःस्थापना केन्द्र सञ्चालन

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ। ...

किन नजिकिँदै छन् जनार्दन र विप्लव ? ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy