Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

मेरो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी हो : मन्त्री कार्की

खबरडबली संवाददाता

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी भएको बताएको छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा आज आयोजित कार्यकर्ता भेटघाटमा सरकारका प्रवक्तासमेत रहनु भएको मन्त्री कार्कीले विसं २०७४ को निर्वाचनमा आफ्नो विषयमा विभिन्न किसिमको अनरगल प्रचारप्रसार गरेको भए पनि यस क्षेत्रका जनताले आफूमाथि विश्वास गरेको र यसपटक फेरि विश्वास गर्ने दाबी गर्नुभयो । विसं २०७४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भइरहँदा विभिन्न ठाउँ, चौकचौरहा, चिया पसलमा भोजपुरबाट आएर यहाँ चुनाव लडेको विषयमा गलत नियतले विपक्षी उम्मेदवारले प्रचारप्रसार गरेको बताए।

मन्त्री कार्कीले नेपालको संविधानअनुसार नेपाली नागरिकले एक सय ६५ वटै निर्वाचन क्षेत्रमध्ये जुनसुकै व्यक्ति कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने व्यवस्था भएको बताए। जनताले विश्वास गरेर विजयी गराएपछि आफ्नो क्षमताले भ्याएसम्म काम गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विसं २०७४ को निर्वाचनका बेलामा जनतासामु मैले गरेको प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको छु ।” 

गत निर्वाचनमा आफूले मत माग्ने क्रममा जनतासामु विद्यालय, सडक, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलगायत विषयमा गरेको प्रतिबद्धता पूरा गरेको र बाँकी रहेको समस्यासमेत समाधान गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्ने मन्त्री कार्कीले स्पष्ट पार्नुभयो । आफूले सुनसरी क्षेत्र नं ४ मा गरेको विकास निर्माणको कार्य देखेर विपक्षी दलका उम्मेदवार आत्तिएको कारणले आफ्नो विषयमा विभिन्न किसिमका नकारात्मक प्रचारप्रसारमा उत्रिएको मन्त्री कार्कीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: