Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कञ्चनपुर-२ मा साउद र धामीबीच नै मुख्य प्रतिस्पर्धा

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै  प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् । उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्।  चुनावी प्रचारका क्रममा उनी आफूले सांसद नभएर पनि गरेको विकासका चर्चा सुनाउन पछि पर्दैनन् । 

“विगतका निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा २४ हजार बढी मत ल्याएर पनि जित्न सकेनौँ”, उनले भने, “यसपटक गठबन्धन भएकाले माओवादी केन्द्रको मत जुटे जित सम्भव छ ।” दुवै पार्टीबीचका विगतका कटुताका कुरा इतिहास भइसकेकाले गठबन्धनको मर्मअनुसार मत पाउनेमा उनी विश्वस्त छन् ।

एमालेका पाँच वर्षअघि चुनावमा विजयी भएका उम्मेदवारले विकासका नाममा सिन्कोसमेत भाँच्न नसकेको उनको आरोप छ । “पाँच वर्षअघि मैले सुरु गरेका योजनासमेत पूरा हुनसकेका छैनन्”, उनले भने, “सांसद नभएर पनि तटबन्ध निर्माणका लागि रु १० करोडका योजना चालु आवमै ल्याएको छु ।”

जनताले पत्याउने गरी काम गरिरहेको उनको भनाइ छ । साउद र धामी विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर पहिचान बनाउन सफल भएका हुन् । दुवै जना यस निर्वाचन क्षेत्रका सशक्त प्रतिस्पर्धीका रूपमा छन् ।

एमालेका तर्फबाट चुनावी मैदानमा रहेका धामीको मतदाताबीच फरक किसिमको पहिचान छ । स्पष्ट वक्ताका रूपमा परिचित उनी यस क्षेत्रको विकास निर्माण, निकुञ्ज विस्थापित, सुकुम्बासीका मुद्दा संसद्मा बारम्बार उठाउनेमा पर्छन्। शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना, सडक कालोपत्र, तटबन्ध निर्माणलगायतका विकासका मुद्दालाई उनले चुनावीसभामा सुनाउँदै आएका छन् ।

“मुक्त कमैया, मुक्त हलियाका १४ शिविर यसै निर्वाचन क्षेत्रमा पर्दछन्”, उनले भने, “शिविरमा बसोबास गर्दै आएका व्यक्तिको मुख्य समस्याका रूपमा नदी कटान, डुबानसँगै रोजगारीको छ, निर्वाचनमा विजयी भए ती कार्य पूरा गर्छौँ ।”

“प्राविधिक शिक्षालयका भौतिक संरचना निर्माण गर्नका लागि रु पाँच करोड ५० लाख बजेट विनियोजन भएको छ, प्राविधिकतर्फका विभिन्न विधामा पढाइ गराउने गरी कार्य गरेकाले यसकै आधारमा मत पाउने उनले उल्लेख गरे ।

“रैकवार विचवामा मात्रै चारवटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ, निकुञ्ज विस्थापितलाई १० कठ्ठा जग्गा वा रु ६० लाख मुआब्जा उपलब्ध गराउने नेकपा नेतृत्वको सरकारका बेला गठन भएको आयोगको सिफारिस कार्यान्वयन गराउने चुनावी मुख्य मुद्दाका रूपमा रहेको छ”, उनले भने ।

प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाउने, जनता आवास कार्यक्रमअन्तर्गत विपन्नका घर निर्माण गर्नेलाई समेत उहान चुनावी मुद्दाका रुपमा अघि सारेका छन् । जनताको बीचमै रहेर कार्य गर्दै आएकाले गत चुनावको नतिजा दोहोर्याउने उनी दाबी गर्छन् ।

विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा धामीले ३३ हजार दुई सय २० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी साउदले २४ हजार आठ सय ३९ मत ल्याएर पराजय भोग्नुपरेको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा साउदले धामीलाई पराजित गरेका थिए । यस निर्वाचन क्षेत्रमा तीनवटा नगरपालिका ३० वडा पर्दछन् । निर्वाचन क्षेत्रमा पहाडी र थारू समुदायको बसोबास छ ।

दुवै उम्मेदवार पहाडी मूलका भएकाले पहाडी समुदायको मत विभाजन हुने देखिएको छ । थारू मत निर्वाचनमा निर्णायक देखिएको छ । थारू समुदायलाई निर्वाचनमा आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारले आकर्षक चुनावी एजेण्डा अघि सारेर चुनावी प्रचारमा जुटेका छन् । थारू अगुवा वीरबहादुर राजवंशी ठूला राजनीतिक दलहरूले थारू समुदायलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार नबनाएर थारूका मुद्दा ओझेलमा पार्न खोजेको गुनासो गर्छन् ।

थारू समुदायका मुद्दा चुनावी घोषणापत्रमा समावेश गर्ने राजनीतिक दललाई सघाउने उनको भनाइ छ । स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा तीनवटै पालिकामा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादी केन्द्रले १३ हजार चार सय ७८, नेकपा (एकीकृत समाजवादी)ले चार हजार छ सय ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार सात सय ४६ मत ल्याएका थिए । सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी, समाजवादीले ५२ हजार दुई सय १२ र एमाले सम्मिलित गठबन्धनले २१ हजार दुई सय ४२ मत ल्याएका थिए । 

स्थानीय तहको मतपरिणामलाई नियाल्दा केही मत तलमाथि भए पनि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार सहजरूपमा विजयी हुने कांग्रेस निर्वाचन क्षेत्र नं २ का सभापति लालबहादुर सिंह बताउछन्।

साउद र धामीसहित हाम्रो नेपाली पार्टीका जगदीश अवस्थी, नेपाली कांग्रेस (विपी)का वीरबहादुर बोहरा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लोकराज भट्ट,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका सीताराम राना, राष्ट्रिय स्वतन्त्र पार्टीका झङ्करराज जोशी, जनमत पार्टीका प्रेमसिंह बडाल र जनता प्रगतिशील पार्टीका विद्यादेव जोशी उम्मेदवारका रूपमा छन् ।  निर्वाचन क्षेत्र नं २ मा एक लाख पाँच हजार पाँच सय ५७ मतदाता र एक सय १८  मतदान केन्द्र छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: