काठमाडौ । नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र श्रमिकको न्यूनतम ज्याला वृद्धि गरी मासिक रु २५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । अहिले सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १५ हजार तोकेको छ । प्रत्येक दुई–दुई वर्षमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तोक्दै आएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गर्दै एमालेले स्वेदश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा समेटिने प्रतिबद्धता व्यक्त गरेको छ ।
अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने घोषणापत्रमा उल्लेख छ । औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने एमालेको दाबी छ ।
बँधुवा श्रम, बलपूर्वक लगाइने श्रम र बालश्रमलाई निर्मूल गर्ने, कार्यथलोमा हुने सबै प्रकारका विभेद्लाई अन्त्य गर्दै समान कामको समान पारिश्रमिकको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ । श्रम गर्न सक्नेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम छ महिनाको रोजगारी उपलब्ध गराइने, स्वरोजगार बन्न चाहनेलाई सहुलियतपूर्ण कर्जा, रोजगारीको निरन्तरता वा अर्को रोजगारीको व्यवस्था नहुन्जेलसम्मका लागि तत्काल रोजगारी उपलब्ध गराइने एमालेको योजना छ ।
वैदेशिक रोजगारीलाई बाध्यता नभई तुलनात्मक लाभको वैकल्पिक अवसरका रुपमा उपलब्ध गराइने, वैदेशिक रोजगारीमा गएकाको व्यवस्थित तथ्याङ्क राखिने, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाइने र त्यस क्षेत्रमा भएका विकृतिलाई कडाइका साथ नियन्त्रण गरिने घोषणापत्रमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १३:४६
दमास्कस। टर्कीका विदेशमन्त्रीले सिरियाको नयाँ प्रशासन प्रमुखसँग भेटघाट गरेका छन। बसर अल असद शासनको पतनपछि पहिलोपटक उनीहरु बिचमा भेटघाट भएको हो । ...
पौष ८ गते, २०८१ - १३:३९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी आदर...
पौष ८ गते, २०८१ - १३:२९
काठमाडौं। देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार,...
पौष ८ गते, २०८१ - १३:१९
रामपुर। इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय प...
पौष ८ गते, २०८१ - १३:१०
काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले ज...
पौष ८ गते, २०८१ - १३:००
बाँके। जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्न...
पौष ८ गते, २०८१ - १२:५५
काठमाडौं। चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौड...
पौष ८ गते, २०८१ - १२:२८
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतले शपथ ग्रहण गरेको छन । सोमबार बिहान शीतनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष रुसी ...
पौष ८ गते, २०८१ - १२:१३
रौतहट । रौतहटमा प्रहरीले २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय भद्रभलादमी, जन प्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा जिल्ला प्रहरी कार्या...
पौष ८ गते, २०८१ - ११:४८
काठमाडौँ । इ-कमर्स वेबसाइट अमेजनका संस्थापक तथा विश्वका दोस्रो धनी व्यापारी जेफ बेजोसले यसै वर्षको अन्त्यमा आफ्नी ५५ वर्षीया प्रेमिका लरेन सान्चेजसँग ...
प्रतिकृया लेख्नुहोस्: