Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

धादिङ–२ मा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा, यस्तो छ लेखाजोखा

खबरडबली संवाददाता
मलेखु । धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् ।
 
धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका  अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा  नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ ।
 
यसो त यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, नेपाली कांग्रेस बिपीबाट शङ्कर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङ प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै उम्मेदवारबीच हुने देखिएको छ ।
 
नीलकण्ठ नगरपालिका नं १२ का कुलप्रसाद ढकाल भन्नुहुन्छ, “एउटै व्यक्तिलाई धेरै पटक भोट हालियो, हाम्रा चार पुस्ताले एउटै उम्मेदवारलाई जितायौँ तर गाउँको विकासले मुहार फेर्न सकेन ।”
 
विगतमा तीन वटामा निर्वाचन क्षेत्र रहेको जिल्लामा सङ्घीयतापछि राज्य पुनःसंरचना गर्दा दुई वटा निर्वाचन क्षेत्र भएको छ । तीमध्ये पृथ्वीराजमार्गदेखि दक्षिणको महाभारत सिमानालाई जोडेर एउटा क्षेत्र नं १ र जिल्ला सदरमुकामदेखि उत्तरको हिमाली भेगलाई समेटेर क्षेत्र नं २ बनेको छ । एउटा प्रतिनिधिसभा क्षेत्रभित्र दुई वटा प्रदेशसभा क्षेत्र छ ।
 
क्षेत्र नं २ मा नीलकण्ठ नगरपालिकासहित ज्वालामुखी, त्रिपुरासुन्दरी, गङ्गाजमुना, नेत्रावती डबजोङ, खनियाबास र रुविभ्याली गाउँपालिका पर्दछ । सो क्षेत्रमा एक लाख ३६ हजार सातसय ४२ मतदाता छन् । 
 
जिल्ला निर्वाचन कार्यालय धादिङको तथ्याङ्कअनुसार  प्रदेशसभा ९क० मा ७२ हजार चार सय १४ र प्रदेशसभा९ ख० मा ६४ हजार तीन सय २८ मतदाता छन् । सङ्घीयतापछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट  एमालेका नेता खेमप्रसाद लोहनी विजयी भएका थिय ।  कांग्रेसका नेता दिलमान पाख्रिनलाई छ सय ४० मतले पराजित गर्दै लोहनी विजयी हुनुभएको थियो । लोहनीलाई तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ थियो ।
 
यसपटक पनि उम्मेदवारी दिएका सवै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनकोतर्फबाट  कांग्रेस र राप्रपासँग तालमेलमा रहेको  एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा कुन उम्मेदवार कति बलियो भन्ने लेखाजोखा निकाल्न सकिन्छ ।
 
यस्तो छ धादिङ–२ को लेखाजोखा
 
धादिङमा रहेका कूल एक सय चार वडामध्ये ५१ वडा रहेको सङ्घीय क्षेत्र नं २ मा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा राजनीतिक दल एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए ।  एमालेले ५१ वटैै वडा,  कांग्रेसले ४३ वडामा र  माओवादी केन्द्रले ३४ वडामा आफ्नो उम्मेदवार उठाएको थियो । 
 
त्यस्तै  एकीकृत समाजवादी पार्टीले २४ वडा, राप्रपाले ४६ वडा र जनता समाजवादी पार्टीले १३ वडामा आफ्नो उम्मेदवार उठाएको थियो । तीमध्ये कांग्रेस २२ वडामा विजयी हुँदा  माओवादी केन्द्र १० वडामा विजयी भएको थियो भने एमालेले आठ वटा वडामा विजय हासिल गरेको थियो । 
 
त्यस्तै राप्रपाबाट चार, स्वतन्त्रबाट तीन, जनता समाजवादीबाट एक र एकीकृत समाजवादीबाट तीन जना उम्मेदवार वडामा विजयी भएका छन् । जितेका र हारेका सबै वडा अध्यक्षले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा  कांग्रेस २९ हजार नौ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यस्तै  एमालेले २५ हजार नौ सय ३८ मत पाउँदा  माओवादीले १४ हजार तीन सय ८० मत पाएको थियो ।
 
त्यस्तै राप्रपाले पाँच हजार दुई सय ८७ मत र नेकपा एकीकृत समाजवादीले तीन हजार चार सय ५६ मत पाएका छन् । त्यस्तै स्वतन्त्रलगायत अन्य साना दलले चार हजार नौ सय ४४ मत पाएका छन् । स्वतन्त्रबाट विजयी भएका तीनवटै वडामा नेपाली कांग्रेसकै वागी उम्मेदवार रहेकाले स्वतन्त्र उम्मेदवारले पाएको आधाजसो मत नेपाली कांग्रेसकै मत हुनसक्छ ।
 
 
सत्ता गठबन्धनमा रहेका दल  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार आठ सय एक हुन आउँछ । त्यस्तै एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार दुई सय २५ मत हुन आउँछ ।
 
नेपाल समाजवादी पार्टीको पनि सत्ता गठबन्धनलाई नै साथ रहेकाले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट एक हजार ६० समेत जोड्दा जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार  अधिकारी १७ हजार छ सय ३६ मतले अगाडि देखिनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई यही अग्रताको मतान्तर विजयी हुने आधार हुनसक्छ भने राप्रपा–एमाले गठबन्धनका उम्मेदवार  लोहनीलाई यही मतान्तर हारको बाटो हुन सक्छ । 
 
कांग्रेसका  उम्मेदवार अधिकारीले   आफ्नो इमान्दारिता, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवृत्तिले थप सहानुभूतिको भोट प्राप्त गरेर विजयी हुने दावि गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “गठबन्धनको आशले मात्रै मैले उम्मेदवारी दिएको होइन, मेरो सक्रियता, इमान्दारी र जनताप्रतिको मेरो सेवाभावले मेरो आफ्नै व्यक्तिगत भोट आउनेमा विश्वस्त छु, मेरो जीत निश्चित छ ।”
 
स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने र गठबन्धन दलमा भएको केही असहमतिका भोट ल्याएर चुनाव जित्ने रणनीतिमा एमाले छ । एमाले उम्मेदवार लोहनी भन्न्छन्, “मेरो चुनाव जित्ने आधार भनेकै विगतमा मैले गरेको काम हो ।” दुवै प्रतिस्पर्धीले पार्टीभित्रको असन्तुष्टि समाधान गर्नसकेमा प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगरको रानी क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

विराटनगर। विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच विवाद भएपछि तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर...

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्...

गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति कांग्रेसको आपत्ति

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका न...

गण्डकी प्रदेशसभा अधिवेशन ७ गतेदेखि आव्हान

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन...

साउदीलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो...

सुहाङलाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम-२ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको का...

इलाम २ र बझाङ प्रदेश १ को उपनिर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकेको छ ।  निर्...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौँ । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी...

सल्यान दुर्घटना अपडेटः गम्भीर घाइते चार जनालाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय थारमारे...

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक व...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies