काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा नेपाल टुरिजम बोर्डले संयुक्तरुपमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश प्रधानले भनिन्, ‘प्रविधिसँग समाज जोड्नुपर्छ र परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्छ ।’
महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा न्यायाधीश प्रधानले समाजमा परम्परागत हिंसा कायमै रहेको बताइन्। उनले लघुताभाष र पितृसत्तात्मक सोचले समाजमा हिंसा कायमै रहेको बताइने। अहिले नेपाली समाजमा हिंसा न्यूनिकरण भएको छैन, हिंसाको स्वरुप परिवर्तन भएर विद्यमान रहिरहेको छ, उनले भनिन्, ‘अदृश्य शक्तिले समाजको आवाजलाई बाहिर आउन दिएको छैन, महिलामाथिको अन्याय निरन्तर छ, यसलाई न्यूनिकरण गर्नका लागि अन्तरस्थितिसँग जोडिँदै जानुपर्छ ।’
न्याय सम्पादनको क्रममा आफ्नो अनुभव सुनाउँदै न्यायाधीश प्रधानले घरेलु हिंसामा ९९ प्रतिशत महिला पीडित भएको मुद्दा आउने गरेको जानकारी दिइन्। समाजमा पुरुष पनि पीडित हुने गरेको तर उनीहरुको संख्या एक प्रतिशतभन्दा बढी नभएको उहाँको भनाइ छ ।
उनका अनुसार महिलाविरुद्ध हुने हिंसा घर, सार्वजनिक स्थल, कार्यस्थललगायत सबै ठाउँमा हुने गरेको छ । घरभित्र कानुन प्रवेश गर्छ भन्ने कुरा वैवाहिक हिंसा एउटा उदाहरण भएको प्रस्तुत गर्दै उनले भनिन्, ‘यौन हिंसा मात्र होइन, अधिकार पनि हो । यौनलाई अधिकारको रुपमा प्रयोग गर्न पुरुषप्रधान समाजको मनस्थिति पहिला परिवर्तन हुनुपर्छ ।’
‘सबै पुरुष हिंस्रक हुँदैनन्, पुरुषको पनि साथ लिएर अघि बढ्दा समाजमा छिटो र प्रभावकारी परिवर्तन आउँछ’, ‘न्यायाधीश प्रधानले भन्नुभयो, ‘महिला र पुरुषले सँगै उडान भर्ने हो भने र महिला हिंसाविरुद्ध संस्थागत प्रतिबद्धता जनाउने हो भने समाजमा व्याप्त हिंसालाई न्यूनिकरण गर्न सकिन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: