काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय राज्यमन्त्री वारवेल कोफलरको नेतृत्वमा रहेको टोलीबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध क्षेत्रबारे गहन छलफल भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच जर्मनी र नेपालका प्राथमिकताका क्षेत्र तथा सहयोगलाई निरन्तरताका विषयमा केन्द्रित रही विचार विमर्श भयो । जर्मनी नेपालको सामाजिक रुपान्तरण र आर्थिक विकासको प्रमुख साझेदार मुलुक हो । जर्मनीले नेपाललाई पुनःद्विपक्षीय सहायता प्रदान गर्ने मुलुकको सूचीमा आबद्ध गर्ने घोषणा गरेको छ ।
सो अवसरमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक विकास र लोकतान्त्रिक प्रक्रियामा मित्र राष्ट्र जर्मनीबाट निरन्तर साथ र सहयोग प्राप्त भइरहेकामा धन्यवाद ज्ञापन गर्दै कोभिड–१९ सङ्क्रमण रोकथाममा पनि भएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । जर्मनीले नेपाललाई लामो समयदेखि दिगो आर्थिक विकास, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा प्रभावकारी सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालले जर्मनीसँग पूर्वाधार निर्माण, कृषि र उद्योगका क्षेत्रमा पनि सहयोगको अपेक्षा गर्दै आएको छ ।
भेटपछि मन्त्रालयका वैदेशिक सहायता महाशाखाका प्रमुख एवं सहसचिव ईश्वरी अर्यालले दुई देशका प्राथमिकताका क्षेत्रका अतिरिक्त नवीकरणीय ऊर्जा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताए ।
जर्मनीले विभिन्न गैरसरकारी संस्थामार्फत पनि नेपाललाई सहयोग पु¥याउँदै आएको छ । भेटका अवसरमा नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जलगायत सहभागी थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: