Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

जाजरकोटका मतदाता भन्छन्- शक्ति बस्नेत गाउँमा आउँदा उम्मेदवार होइन, छोरै फर्केझैँ लाग्यो

हेमन्त केसी

जाजरकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनको माहोल तातिएको छ । उम्मेदवाहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तर, जाजरकोटको चुनावी माहोल भने यसभन्दा भिन्न छ ।

जाजरकोटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । जाजरकोटमा उनको उम्मेदवारी परेपछि मतदाताहरू निकै उत्साही देखिन्छन् । त्यसो त बस्नेतको चुनावी अभियानलाई पछ्याउँदा स्थानीयसँग उनको भावनात्मक सम्बन्ध प्रस्टै देखिन्थ्यो । कोही उनको हात समातेर आशिर्वाद दिन्थे त कोही भावुक बनेर अंगालो मार्थे । अनि कोहीकोही जितको शुभकामना दिँदै बाटो बिराउला भनेर बस्नेतलाई खबरदारी पनि गर्थे ।

त्यसैमध्येकी एक हुन्- जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उपहासचिव शक्ति बस्नेत आफ्नो गाउँमा आउँदा आफ्नै छोरो फर्केझैँ लागेको बताउँछिन् उनी ।

लिम्सामा आयोजित कार्यकर्ता प्रशिक्षणमा घरको कामले गर्दा आफू जान नपाएको बुढा बताउँछिन् । तर, शक्ति बस्नेत आफ्नो गाउँमा बास बस्न आएपछि आफ्नो मनमा जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैँ लागेको उनको भनाइ छ । 'शक्ति बस्नेत गाउँमा आउँदा त छोरै फर्केजस्तो लाग्यो मलाई,' उनी भन्छिन् ।

उनका छोरा कालीबहादुर बुढाको २०६१ सालमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो । माओवादी जनमुक्ति सेनामा रहदा आफ्नो छोराले सधैँ गाउँमा विकास निर्माणको काम गरी समृद्धि ल्याउने कुरा गरेको उनले बिर्सिएकी छैनन् । अहिले छोरो जीवित नभए पनि छोराले बोकेको सपना साकार पार्न बस्नेत गाउँगाउँमा पुग्दा आफ्नो छोरो फर्किएर आएको जस्तो लाग्ने उनी बताउँछिन् ।

‘मेरो छोराको ठाउँमा कालेगाउँको एक सामान्य किसानको छोरा मेरो छोराको सपना पूरा गर्न गाउँ-गाउँमा आउँदा म आमाको मन किन खुसी नहुने ?' रामकली बुढा भन्छिन्, 'यही परिवर्तनका लागि हामीले छोरालाई जनयुद्धमा पठाएका थियौँ । अहिले गाउँमा मोटरबाटो, टेलिफोन आएको छ । यो सबै हाम्रो छोराको बलिदानले आएको हो ।’

सँगै उनले बस्नेतलाई आफ्ना छोराहरूको बलिदानी खेर जान नदिन खबरदारी पनि गरिन् । 'यो परिवर्तनमा लागि मेरो छोराको मात्र होइन हजारौँको बलिदानी भएको छ । तपाईंहरूले अहिलेसम्म राम्रो गरिरहनुभएको छ । हामी तपाईंलाई छोरो सम्झेर भोट हाल्छौँ । बारेकोटमा राम्रो विकास पनि भएको छ,' शक्ति बस्नेतको हात समाएर रामकली बुढाले भनिन्, 'तपाईंहरूले हाम्रा छोराहरूको बलिदानी खेर जान दिनुहुँदैन । अझै धेरै विकास गरेर उनीहरूको बलिदानको सम्मान गर्नुपर्छ ।'

पूर्वमन्त्रीसमेत रहेका बस्नेतको नाम सुन्दा रामकलीलाई आफ्नै छोराको नाम सुनेझैँ लाग्छ रे । 'रेडियोमा बाबुको (शक्ति बस्नेतको) नाम सुन्छु । त्यतिबेला मेरो छोराको नाम रेडियोमा बजेझैँ लग्छ,' बस्नेतको हात समाएर रामकलीले भनिन् ।

आफ्नो हात समातेर भावुक बनेकी रामकलीलाई बस्नेतले आफू शहीदको सपना पूरा गराउन दिनरात लागिपरेको र लागिरहने प्रतिबद्धता जनाए ।

त्यस्तै बारेकोट– ४ की सिर्जना बस्नेतले आफ्नो बाबाको सपना पूरा हुँदै गएको भन्दै प्रतिनिधिसभाका उम्मेदवार बस्नेतलाई शुभकामना दिइन् । माओवादीले जिते मात्रै बारेकोटको विकास हुने उनको भनाइ छ ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत गाउँ-गाउँमा पुग्दा सर्वसाधारणले विकास निर्माणदेखि शहीदको सपना पूरा गर्न आग्रह गर्दै फेरि पनि मन्त्री भएर आउने शुभेच्छा व्यक्त गरेका छन् । जाजरकोट सधैँ पछाडि परेको जिल्ला हुनु नहुने उनीहरूको भनाइ छ । 'हामी सधैँ पिछडिएको जिल्लावासी होइन, अब नेतासहित जिल्ला पनि अगाडि बढ्नुपर्छ । शक्ति बस्नेतले त्यसको नेतृत्व गर्नुपर्छ । हामी उहाँलाई जिताएर पठाउँछै,' शक्ति बस्नेतलाई शुभकामना दिँदै स्थानीयले भनेका छन् ।

चुनावी अभियानका क्रममा गाउँ-गाउँमा पुगेका बस्नेतलाई स्थानीयले जाजरकोटको भरोसा भन्दै फूलमाला लगाएर स्वागत गर्दै छिट्टै मन्त्री भएर पुनः फर्किन आशिर्वाद दिएका छन् ।

बस्नेत यसअघि ९ महिनासम्म गृहमन्त्री, ४ महिना स्वास्थ्यमन्त्री र दुई वर्षभन्दाबढी वनमन्त्री भइसकेका छन् । उनी माथिल्लो तहमा पुग्ने जाजरकोटका पहिलो राजनीतिज्ञ हुन् । सोही कारण बस्नेतप्रति यहाँका स्थानीयमा ठूलो भरोसा रहेको प्रस्टै देखिन्छ ।

बस्नेत जुन गाउँमा पुगे पनि उनीप्रति जनतामा ठूलो भरोसा देखिएको जाजरकोटका नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन् । बेदागी छवि, शालिन व्यक्तित्व, जनताका मुद्दामा प्रतिबद्ध र आफ्नो कुरा स्पष्टसँग राख्ने बस्नेतको लोकप्रियता जाजरकोटमा बढ्दै गएको आफूले पाएको शाह बताउँछन् ।

बस्नेतसँग यसपटक नेकपा एमालेका निरज आचार्य चुनावी मैदानमा प्रतिस्पर्धी छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की पनि चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेत अहिले जिल्लाका सातै पालिकामा रहेका युवा तथा आम कार्यकर्ता प्रशिक्षण, भेटघाट तथा शुभचिन्तकसँगको आन्तरिक छलफलमा व्यस्त छन् ।

जिल्लामा सञ्चालनमा रहेका ठूला प्रोजेक्ट, आयोजनाहरू निर्माण गर्ने दायित्व बस्नेतको काँधमा रहेको स्थानीय समाजसेवा तथा नेपाली कांग्रेसका नेता राजीवविक्रम शाह बताउँछन् । सोही कारण आफूहरू बस्नेतलाई जिताउने अभियानमा रहेको उनको भनाइ छ ।

कतिपयले बस्नेतलाई कर्णालीको भविष्यको रूपमा पनि चर्चा गर्ने गरेका छन् । उनलाई जाजरकोटमा टक्कर दिने सोहीस्तरको नेता अहिलेसम्म नदेखिएको स्थानीयहरूको बुझाइ छ । जाजरकोटमा माओवादीको राम्रो संगठन छ । जसका कारण बस्नेतलाई चुनाव जित्न सहज हुने स्थानीयहरू बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending