Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जुम्ला बन्यो साक्षर जिल्ला

खबरडबली संवाददाता

काठमाडौं । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो।

जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला घोषणा कार्यक्रममा प्रदेश सभा सांसद देवेन्द्रबहादुर शाहीले ब्यानर उद्घाटन गर्दै जुम्ला साक्षर जिल्ला घोषणा गरे भने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जिल्लाका आठै वटा स्थानीय तहले तयार पारि शिक्षा विकास तथा समन्वय एकाइ पठाइएको एकीकृत तथ्याङ्क पढेर सुनाउदै साक्षर जिल्लाको घोषणा गरे। 

जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला संयोजक गौरीनन्द आचार्यका अनुसार राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने आधार बमोजिम जुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ६९ हजार चार सय ७७ अर्थात् ९६ दशमलव ०७ प्रतिशतले साक्षर भएको छ। 

उनका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा हिमा गाउँपालिकामा ९५ दशलमव ७२ प्रतिशत, चन्दननाथ नगरपालिकामा ९८ दशमलव १९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिँजा गाउँपालिका ९५ दशमलव ५ प्रतिशत, पातारासी गाउँपालिका ९५ दशमलव २४ प्रतिशत, तातोपानी गाउँपालिका ९५ दशलमव ७७ प्रतिशत, तिला गाउँपालिकालाई ९५ दशमलव ४ प्रतिशत र गुठिचौर गाउँपालिका ९५ दशलमव ७३ प्रतिशत नागरिक साक्षर भएका छन्।

स्थानीय तहले यस अघि घोषणा गसिकेपछि जिल्ला घोषणाका लागि मापदण्ड अनुसार साक्षर जिल्ला आवश्यक भएकाले २०८१ मङ्सिर ९ गते बसेको साक्षर अभियान जिल्ला समन्वय समितिले ११ गते घोषणा गर्ने निर्णय गरेको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending