तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन्। तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताए ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनु भएका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गरे ।
“नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ”, उनले भने, “लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ ।”
उहाँले सत्ता खराब व्यक्तिको हातमा सत्ता पुग्यो भने देश बर्बादीतर्फ जाने भएकाले जनता सचेत हुनुपर्ने बताए ।
यहाँ आयोजित कार्यक्रममा बोल्दै पौडेलले तनहुँको छिम्केश्वरीलाई पर्यटनको केन्द्रबिन्दु बनाउने बताउनुभयो । उहाँले जिल्लाको सबैभन्दा उचाइमा अवस्थित छिम्केश्वरी धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत्तर विकास गरिने प्रतिबद्धता व्यक्त गरे।
छिम्केश्वरीको गुरुयोजना निर्माण गरेर यस ठाउँलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाइने पौडेलको भनाइ थियो । “आँबुखैरेनी तनहुँ र गोरखाको केन्द्र हो, लमजुङ र मनाङको पनि प्रवेशविन्दु हो । गण्डकी प्रदेश छिर्ने नाका पनि हो, यसलाई नमूना बनाएर सन्देश दिनुपर्छ,” पौडेलले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: