Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

विप्लव समूहसहित केही दलले चुनाव बहिष्कारको घोषणा गरेपछि सुरक्षा रणनीति फेरिएला ?

खबरडबली संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले "चुनाव बहिष्कार" गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि "निगरानी" बढाइएको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन्।

त्यस क्रममा कतिपय स्थानमा "निर्वाचन बिथोल्ने सामग्री"सहित केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जनाएको छ।

निर्वाचन आयोगले पनि कतिपय समूहले निर्वाचन बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गर्न थालेपछि "निर्वाचन सुरक्षा रणनीति र योजना" पुनरवलोकन गर्ने बताइसकेको छ।

त्यसका लागि आवश्यक छलफल र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको उसको भनाइ छ।

चुनावको विरोधमा कस्ता दल?

आमनिर्वाचनको विरोध गर्नेमा अधिकांश माओवादीबाट छुट्टिएर गएका सानाखाले वाम समूहहरू रहेका छन्।

तिनीहरूमध्ये धेरैले अहिलेको संसदीय व्यवस्थाप्रति नै "असहमति" व्यक्त गर्दै निर्वाचनमा भाग नलिने जनाएका छन्।

विप्लव समूह पनि भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीनवटा त्यस्ता साना वाम दलले बुधवार वक्तव्य जारी गर्दै निर्वाचन बहिष्कार गर्ने जनाएका छन्।

उक्त समूहमा चन्द नेतृत्वको दलबाहेक ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन्।

त्यसबाहेक मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चन्द समूहबाटै फुटेर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायतका समूहले पनि निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।

निर्वाचन आयोग के भन्छ?

यस्ता राजनीतिक समूहले निर्वाचन बिथोल्ने खालका गतिविधि गर्ने सम्भावना बढेपछि त्यसलाई मध्यनजर गरेर सुरक्षा रणनीति परिवर्तन गरिने निर्वाचन आयोगको भनाइ छ।

बुधवारको पत्रकार सम्मेलनमा पनि प्रमुख निर्वाच आयुक्त दिनेश थपलियाले उक्त कुरामा जोड दिएका थिए।

सञ्चारकर्मीको प्रश्नमा उनले भने, "यो वर्ष हामीलाई त्यस्तो (चुनाव बहिष्कार) होला जस्तो लागेको थिएन। निर्वाचनका सन्दर्भमा आम सहमतिकै वातावरण बन्ला भन्ने लागेको थियो।"

"तर जुन राजनीतिक समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हामीले सुरक्षा निकायहरूसँग गम्भीर रूपमा छलफलमा बसेका पनि छौँ तत्अनुसार नै सुरक्षा योजनाको हामी पुनरवलोकन गर्छौँ र तत्अनुसार नै कार्यान्वयन हुन्छ।

"… मलाई लाग्छ, यो निर्वाचनमा निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुनेछैन।"

सुरक्षा निकायको तयारी के छ?

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पछिल्लो सुरक्षा खतरालाई हेरेर निर्वाचन सुरक्षा रणनीतिमा परिवर्तन गर्नुपर्ने पनि हुनसक्ने बताए।

यद्यपि अहिले नै सरकारले "खराबभन्दा खराब अवस्थालाई हेरेर" सुरक्षा रणनीति बनाएको उनको भनाइ छ।

"हामीले खराबभन्दा खराब अवस्थालाई नै हेरेर सुरक्षा रणनीति बनाइएको छ। हुनसक्छ- त्यस्तो योजनामा केही परिवर्तन गर्नुपर्ने भयो भने त्यसमा रिभ्यू गर्नुपर्ने पनि हुनसक्छ।"

"तर लडाइँ/झगडा हुने कहीँ गोलीबारुद पड्कने अवस्था आयो भने त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले सोचेका छौँ र रणनीतिक योजना बनाइसकेका छौँ।"

केही पक्राउ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका भनाइमा प्रहरीले निर्वाचनविरोधी गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ।

"कुन जिल्लामा कुन पार्टीको कस्तो प्रभाव छ भनेर हेरिरहेका छौँ," उनले भने।

"कतिपय स्थानमा चुनाव बिथोल्ने गतिविधि गरिरहेको अवस्थामा कतिपयलाई पक्राउ पनि गरिसकेका छौँ।"

उनले शान्तिपूर्ण रूपमा कसैले चुनावमा भाग लिन्न भन्न पाउने तर बिथोल्ने गतिविधि गर्न नमिल्ने बताए।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले चाहिँ "सबैखाले चुनौति र हरेक अवस्थालाई आकलन गरेर त्यसै अनुसार सुरक्षा व्यवस्था" मिलाइने बताए।

उनले चुनावका बेला आइपर्ने खराबभन्दा खराब अवस्थाका लागि पनि सेना सरकारी निर्देशनअनुसार तयारी अवस्थामा रहेको बताए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending