Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

‘उत्तराधिकारीको कुनै समस्या छैन, प्रचण्डजीले अब दुई/तीन वर्षमा नेतृत्व छाड्छु भन्नुभएको छ’

नारायणकाजी भन्छन्- पार्टीमा गुट नियन्त्रण गर्न नसकेकोमा ३५/३६ वर्षदेखि पार्टीको प्रमुख नेता प्रचण्डले मुख्य जिम्मेवारी लिनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ माओवादीमा अध्यक्ष प्रचण्डको उत्तराधिकारीको कुनै समस्या नभएको बताएका छन् । उनले पार्टीलाई औपचारिक चुनाव होइन विवेकको निर्णय हुने थलो बनाउनुपर्नेमा जोड दिए। 

'अवाञ्छित तत्वहरूले प्रभावित पार्ने खालको चुनाव गर्दैनौं। हामी आन्तरिक चुनावमा त नगइ भएको छैन। कुनै पनि नाममा चुनावबाट भाग्दैनौं। तर हामी अरू बुर्जुवा पार्टीभन्दा भिन्न हुन्छौं' उनले एक अनलाइनसँगको अन्तर्वार्तामा भनेका छन्, 'वैचारिक राजनीतिक रूपान्तरण सहितको चुनाव गरेर पार्टीमा आन्तरिक लोकतन्त्र स्थापित गर्छौं।'

उनले गुटको कामै छैन भन्ने पक्षमा आफू रहेपनि पार्टीभित्र गुट रहेको स्वीकारेका छन् । 

उनले भनेका छन्, 'विचारको संघर्षले पार्टीलाई क्रान्तिकारी बनाउँछ। तर विचारको संघर्ष नगर्ने तर अरू अरू कुरामा व्यक्तिको स्वार्थजन्य समूह बनाएर गुट बनाउने कामले पार्टी बनाउँदैन।' 

३५/३६ वर्षदेखि पार्टीको प्रमुख नेता भएकाले पार्टीभित्र भइरहेको गुटवाद, व्यक्तिवाद र भ्रष्टीकरण नियन्त्रण नगरेकोमा अध्यक्षले मुख्य जिम्मेवारी लिनुपर्ने बताए । 

उनले थपेका छन्, 'अरूले पनि त्यही अनुसारको जिम्मेवारी लिनुपर्छ। तर अध्यक्षले नै गुट बनाउनुभएको छ र उहाँ नै गुटको वाहक हो भनेर भन्न मिल्दैन।'

उनले अब गल्ती स्वीकार गरेर अब विशेष महाधिवेशन वा राष्ट्रिय महाधिवेशनमा जानुपर्ने बताए । 

उनले पार्टी पूर्नगठनबारे भनेका छन्, हाम्रोमा पनि छलफल र बहस छ। तर अहिले पार्टीले रूपान्तरण, पुनर्गठन र राष्ट्रिय कार्यभार पूरा गर्नुपर्छ भन्ने हो। त्यो प्रक्रियामा जाने सिलसिलालाई मुख्य बनाउनुपर्छ। त्योसँग जोडेर मात्रै नेतृत्व परिवर्तनको कुरा गर्नुपर्छ। हामीसँग राजनीतिक कार्यभार छ, त्यसका निम्ति पार्टी फेर्नुपर्छ र क्रान्तिकारी र शक्तिशाली बनाउनुपर्छ। हाम्रो छलफल अरूको भन्दा फरक छ। हामीले रूपान्तरण र पुनर्गठनलाई नै मुख्य बनाउने भनेका छौं।

यही सन्दर्भमा नेतृत्वको कुरा आउँछ। कमरेड प्रचण्डले आफै नेतृत्व छाड्दैछु भन्नुभयो। उहाँले आफू धेरै लामो जाने पक्षमा छैन भनिसक्नुभएको छ। तर जसरी हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान सञ्चालन गरेका थियौं र त्यसबाट सफलता पनि हासिल हुँदै थियो, फेरि त्यस्तै काम गर्ने सक्ने पार्टी बनाउन अन्तिम योगदान गर्ने मेरो इच्छा भन्नुभएको छ।

उहाँले पहिले पार्टी नेतृत्व गरेर यहाँसम्म ल्याइपुर्‍याइयो, तर केही कमजोरी भए, यो पार्टीलाई फेरि एकताबद्ध, रूपान्तरित, क्रान्तिकारी र शक्तिशाली बनाउने काममा केही समय लाग्न पाए र पार्टीलाई अलि सक्षम ठाउँमा पुर्‍याउन पाए म छोड्छु भन्नुभएको छ।

आफैले भन्दा पनि दुईरतीन वर्ष भन्नुभएको छ। यो रूपान्तरण पुनर्गठनको समयसम्मलाई मात्रै हो। उहाँले सातै प्रदेशमा गएर हाम्रो जस्तो उत्तराधिकारीको पंक्ति कुनै पार्टीमा छैन भन्नुभएको छ। अहिले संकटको घडीमा रूपान्तरण र पुनर्गठनको काम अगाडि बढाउन उपयुक्त हुन्छ, त्यो काम पुरा गर्छु, उत्तराधिकारीको कुनै समस्या छैन भन्नुभएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending