Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सप्तरी–२ मा उपेन्द्र यादव, सिके राउत र ठाकुरबीच त्रिपक्षीय प्रतिस्पर्धा, यस्तो छ लेखाजोखा

खबरडबली संवाददाता

राजविराज । अँगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् ।

यहाँबाट दुई पार्टीका अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ । डा राउतले पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छन् । जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुरले भने यसअघि पनि उम्मेदवारी दिएका थि । वाम–लोकतान्त्रिक गठन्धनबाट लोसपाका उम्मेदवार ठाकुर छन् भने विपक्षी गठबन्धन एमाले–जसपाबाट जसपाका अध्यक्ष यादव उम्मेदवार छन् । जनमत पार्टीका अध्यक्ष डा राउत एक्लै चुनावी मैदानमा छन्। तीनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यादव यसै क्षेत्रका निर्वतमान प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले २०७४ सालको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली कांग्रेससमेतको सर्मथनमा उम्मेदवार दिनुभएको थियो । उहाँ २१ हजार छ सय २० मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेश यादवले ११ हजार पाँच सय ८० मत प्राप्त गर्नुभएको थियो । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जयप्रकाश ठाकुरले नौ हजार चार सय ५९ मत प्राप्त गर्नुभएको थियो ।

यसपटक परिस्थिति र गठबन्धन फेरिएको छ । विसं २०७४ को निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादव अहिले फरक सत्ता गठबन्धनबाट क्षेत्र नं २ ९ख० मा उम्मेदवार हुनुहुन्छ । अर्का पुराना प्रतिस्पर्धी जयप्रकाश ठाकुर वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनी जसपा अध्यक्ष यादवसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिई पराजित भएका ठाकुरले लोसपा प्रवेश गरेपछि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेको हो ।

जसपाले यसअघि कट्टरविरोधी मान्दै आएको एमालेसँग गठबन्धन गरेको छ । लोसपा सत्ता गठबन्धनसँग छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएकाले आफू झन् बलियो भएको ठाकुरको भनाइ छ । राजविराज नगरपालिकासहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा कांग्रेसले जित हात पारेको थियो ।

राजविराज नगरपालिकामा भने जसपाले जित हात पारेको थियो । गत स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार तीन सय ७५ र एमालेले तीन हजार छ सय ९३ मत प्राप्त गरेको थियो । यस्तै कांग्रेसले १३ हजार तीन सय १५, लोसपाले १३ हजार पाँच सय ४८, माओवादी केन्द्रले सात हजार सात सय ७६ र एकीकृत समाजावादीले तीन हजार दुई सय ७१ मत ल्याएको थियो ।

हालै समपन्न स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ । यस आधारमा आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको भनाइ छ ।

जनमत पार्टीका अध्यक्ष डा राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ । बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायत विषयमा गरेको प्रतिबद्धताले जनताले यसपटक आफूलाई अवसर प्रदान गर्ने राउतको भनाइ छ । उनले भने, “जनताले पुराना नेतालाई होइन, मलाई सहयोग गर्नेमा विश्वस्त छु ।”

जसपा अध्यक्ष यादव भने २०७४ सालको निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि निस्वार्थ भई धेरै काम गरेकाले जनताले यसपटक पनि विजयी गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । कृषि विश्वविद्यालय, जीर्ण अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पालतमा सुधार, नर्सिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले आउँदा  पाँच वर्षका लागि मौका दिने उनको भनाइ छ ।

जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा राउत दुवैको घर यसै क्षेत्रअन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ । सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ । सप्तरी निर्वाचन क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला तथा अन्य दुई मतदाता छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: