Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दाङ २ मा शङ्कर पोखरेल र रेखा शर्माबीचमा रोचक प्रतिस्पर्धा, यस्तो छ हिसाबकिताब

खबरडबली संवाददाता

दाङ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का महासचिव  शङ्कर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी छन्। 

लुम्बिनी प्रदेशको राजधानी दाङ तोेकिनुमा आफूले पहल गरेका कारण सम्भव भएको र बाँकी अपूरा काम सङ्घीय सरकारमार्फत् पूरा गराउने पोखरेलले प्रतिबद्धता जनाउनुभएको छ । पोखरेल २०७४ को निर्वाचनमा दाङ–२ प्रदेशसभा (१) बाट विजयी भएका थिय ।

सङ्घीय सरकारको सामान्य प्रशासनमन्त्री भइसक्नुभएकी रेखा शर्मालाई प्रस्तिपर्धिका रूपमा छिन्। २०६४ / २०७४ को निर्वाचनमा समानुपातिक सांसद बन्नुभएकी शर्मा यसपटक भने प्रत्यक्षतर्फबाट निर्वाचनमा होमिएको छिन् । 

दाङ क्षेत्र नं २ मा घोराही उपमहानगरपालिकाका १९ वटै वडा, तुलसीपुर उपमहानगरपालिकाको वडा नं १६, १७, १८ र १९ वडा र बङ्गलाचुली गाउँपालिका यही क्षेत्रमा पर्दछन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बङ्गलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेमकिपाका आशाराम वैद्य, मङ्गोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका इञ्जीनियर विशाल अधिकारी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी छन्। यसैगरी यमलाल जिसी र भुपनाथ अर्जेल र कृष्णबहादुर डाँगी चुनावी प्रतिस्पर्धामा छन्।

यसैगरी निर्वाचन क्षेत्र नं २ को १ बाट प्रदेशसभाका लागि एमालेका तर्फबाट बलिभद्र राणा र कांग्रेसका राजु खनालको बीचमा प्रतिस्पर्धा छ । निर्वाचन क्षेत्र नं २ को (२) बाट प्रदेशसभाका लागि एमालेका गिरीराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपानेको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । क्षेत्र नं २ को (१)मा ६३ हजार तीन सय २२ मतदाता छन् भने (२)मा ७० हजार चार सय २६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । क्षेत्र नं २ को (१) मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र, क्षेत्र नं २ को (२) मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending