दाङ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी छन्।
लुम्बिनी प्रदेशको राजधानी दाङ तोेकिनुमा आफूले पहल गरेका कारण सम्भव भएको र बाँकी अपूरा काम सङ्घीय सरकारमार्फत् पूरा गराउने पोखरेलले प्रतिबद्धता जनाउनुभएको छ । पोखरेल २०७४ को निर्वाचनमा दाङ–२ प्रदेशसभा (१) बाट विजयी भएका थिय ।
सङ्घीय सरकारको सामान्य प्रशासनमन्त्री भइसक्नुभएकी रेखा शर्मालाई प्रस्तिपर्धिका रूपमा छिन्। २०६४ / २०७४ को निर्वाचनमा समानुपातिक सांसद बन्नुभएकी शर्मा यसपटक भने प्रत्यक्षतर्फबाट निर्वाचनमा होमिएको छिन् ।
दाङ क्षेत्र नं २ मा घोराही उपमहानगरपालिकाका १९ वटै वडा, तुलसीपुर उपमहानगरपालिकाको वडा नं १६, १७, १८ र १९ वडा र बङ्गलाचुली गाउँपालिका यही क्षेत्रमा पर्दछन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बङ्गलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेमकिपाका आशाराम वैद्य, मङ्गोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका इञ्जीनियर विशाल अधिकारी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी छन्। यसैगरी यमलाल जिसी र भुपनाथ अर्जेल र कृष्णबहादुर डाँगी चुनावी प्रतिस्पर्धामा छन्।
यसैगरी निर्वाचन क्षेत्र नं २ को १ बाट प्रदेशसभाका लागि एमालेका तर्फबाट बलिभद्र राणा र कांग्रेसका राजु खनालको बीचमा प्रतिस्पर्धा छ । निर्वाचन क्षेत्र नं २ को (२) बाट प्रदेशसभाका लागि एमालेका गिरीराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपानेको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । क्षेत्र नं २ को (१)मा ६३ हजार तीन सय २२ मतदाता छन् भने (२)मा ७० हजार चार सय २६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । क्षेत्र नं २ को (१) मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र, क्षेत्र नं २ को (२) मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: