Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

कालीकोटबाट उदाएका कुशल कमाण्डर शाही- चुनौतिसँग नहारेका नेता

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही सत्ता गठबन्धनका तर्फबाट कालीकोटमा प्रतिनिधिसभाका उम्मेदवार छन् । इमान्दार नेताको छवि बनाएका शाही जनयुद्धका कुशल कमाण्डर हुन् ।

राष्ट्रिय राजनीतिमा हस्तक्षेपपूर्ण पहुँच राख्ने शाही कर्णाली प्रदेशको मुख्यमन्त्री र संघीय सरकारको ऊर्जामन्त्री भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री बनेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गराउँदा प्रस्तावकको रूपमा रहेका शाहीको चर्चा निकै चुलियो । 

जनयुद्धमा माओवादी जनमुक्ति सेनाको कमाण्डर रहेका शाहीले कर्णालीमा माओवादीको संगठन विस्तारमा ठूलो भूमिका निर्वाह गरे । उनी कुशल संगठकका रूपमा पनि परिचित छन् ।

शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । जनयुद्धमा उनले ठूला-ठूला लडाइका मोर्चाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । त्यसैले उनी आफ्नो कार्यप्रति प्रतिबद्ध इमान्दार नेताको रूपमा सुपरिचित छन् ।

को हुन् महेन्द्रबहादुर शाही ?

महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको पूर्वमुख्यमन्त्री, संघीय सरकारको मन्त्री, माओवादी केन्द्रका केन्द्रीय नेता हुन् । उनी २०३३ साल माघ १५ गते कालिकोट जिल्लाको बिकट पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८) मा जन्मिएका हुन् । शाहीको जन्म एक मध्यम वर्गीय परिवारमा भएको हो ।

दुई वर्षको उमेरमै बाबु गुमाएका शाहीको बाल्यकाल निकै संघर्षपूण रह्यो । उनका बुबाको नाम लालबहादुर शाही र आमाको नाम रनकौडा शाही हो । चन्द्राकुमारी शाही उनकी श्रीमती हुन् । शाहीका एक छोरा र दुई छोरी हुन् ।

राजनितिक यात्रा

शाहीले १५ वर्षको उमेरमा २०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका हुन् । पार्टीको सदस्यता लिएपछि अर्धभूमिगत भएका उनी तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालमा सुरु गरेको जनयुद्धमा सुरुवातदेखि नै भूमिगत भए ।

तत्कालीन राज्यसत्ताले जनयुद्ध सुरु हुनुपूर्व नै उनीविरुद्ध वारेन्ट जारी गरेको थियो । तर, त्यसबाट उनी कत्ति पनि विचलित भएनन् । बरु अझ मजबुत रूपमा जनयुद्धको आँधिबेहरीमा होमिए ।

पार्टी सदस्यता लिएपछि शाहीले अर्धभूमिगत रूपमा गोप्य सैन्य तालिम लिए भने युद्धको तयारीमा पनि जोडतोडका साथ जुटे । 

जनयुद्धमा होमिएपछि पनि उनी पार्टीको संगठन र छापामार युद्धमा समानान्तर रूपमा सक्रिय बने । तत्कालीन कर्णाली अञ्चलमा पहिलोपटक जनमुक्ति सेनाको स्थापना भएको समयदेखि नै उनी त्यसमा आबद्ध भए ।

युवाअवस्थामा नै जनताको मुक्तिका लागि माओवादीले सुरु गरेको जनयुद्धमा होमिएका शाहीले पढाइलाई भने अघि बढाउन सकेनन् ।

तर, पार्टीमा उनको सक्रियता, लगाव र इमान्दारिता देखेर पार्टीले पनि उनलाई महत्त्वपूर्ण भूमिका दिँदै आयो । माओवादीले उनलाई कालीकोटको सैन्य इन्चार्ज बनायो । युद्धका मोर्चामा सहभागी हुने कमाण्डरहरूमा शाही पनि पर्छन् । माओवादीमा उनी प्रज्वल नामले परिचित छन् ।

सामाजिक असमानता, अन्तरविरोध, जातीय विभेद र शोषण तथा गरिब र निमुखामाथि हुने गरेको अत्याचार र शोषणको विरुद्धमा आफू राजनीतिमा होमिएको र तत्कालीन राज्यसत्तालाई लालकार्दै बन्दुक उठाएको उनी सगर्व सुनाउँछन् ।

छोटकरीमा शाहीको राजनीतिक यात्राः

· २०४८ सालमा नेकपा एकता केन्द्रबाट पार्टी सदस्यता लिए ।

· २०४९ सालमा प्रहरीद्वारा वारेन्ट जारी ।

· २०५२ सालबाट भूमिगत भइ जनयुद्धमा सामेल ।

· २०५३ सालमा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्य भएर लडाकु जीवनमा प्रवेश ।

· पार्टीमा राजनीतिक र फौजी दुवै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै शशत्र युद्धमा सरिक ।

· जनयुद्धमा पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रक्रियामा आएपछि सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह ।

· सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल ।

· सेनामा समायोजनपछि शैन्य जीवन छाडेर राजनीतिमा सक्रिय ।

· दोस्रो संविधानसभाको निर्वाचनमा कालीकोटबाट प्रत्यक्ष निर्वाचित । संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह ।

· संविधान निर्माणपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको रूपमा जिम्मेवारी निर्वाह ।

· छोटो समय ऊर्जामन्त्री बनेका शाहीले उज्यालो नेपाल अभियानलाई निरन्तरता दिए । कर्णालीलाई विद्युत्‌को केन्द्रीय प्रसारण लाइनसँग जोड्न नेतृत्वदायी भूमिका खेले । ग्राहकलाई विद्युतीय बिलको भुक्तानी इन्टरनेटको माध्यमबाट (ई-सेवाबाट) गर्नसक्ने व्यवस्था मिलाए ।

· २०७४ मा कालीकोटबाट प्रदेशसभामा निर्वाचित भए । त्यसपछि उनी कर्णालीको पहिलो मुख्यमन्त्री बने ।

मुख्यमन्त्रीका रूपमा महेन्द्र शाहीः

· कर्णालीको मुख्यमन्त्री बनेपछि प्रदेशको नामकरणमा राजनीतिक सहमति जुटाएर सबैभन्दा पहिले प्रदेशको नामकरण गरे ।

· मुख्यमन्त्री बन्दा शाहीले विभिन्न नीतिगत सुधारका साथसाथै कर्णालीको समग्र विकासका लागि उल्लेख्य भूमिका निर्वाह गरे । जसका कारण उनको लोकप्रियता झनै चुलियो ।

· कर्णालीको योजनाबद्ध विकासका लागि कर्णाली प्रदेश योजना आयोग गठन गरी प्रथम पञ्चवर्षीय योजना सार्वजनिक ।

· संघीय सरकारसँगको समन्वयमा कर्णाली कोरिडोर, भेरी कोरिडोर, कोहलपुर-सुर्खेत सडक र राष्ट्रिय प्रसारण लाइन तथा रणनैतिक महत्वका रूपान्तरणकारी योजना अघि बढाए ।

· प्रदेश गौरवका आयोजना पहिचान गरी प्रदेश गौरवका आयोजना निर्धारण, मापदण्डको मस्यौदा तय, प्रदेश रंगशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाए ।

· पर्यटनको गुरुयोजना तयार । ४० वटा पर्यटन सडक, ५२ वटा पदमार्ग, १३ वटा होमस्टे र ६ वटा पार्क तथा उद्यान निर्माण ।

· १५ स्थानमा हेलिप्याड निर्माण । २० स्थानमा सामुदायिक घरबास निर्माण ।

· पूर्वाधार विकासमा उल्लेख्य जोड । विभिन्न सडकहरूको निर्माण । १२ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुलको निर्माण ।

· नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण । कृषियोग्य भूमिमा सिँचाइको व्यवस्था मिलाए । एकीकृत वस्ती विकासको कार्यक्रम सञ्चालन ।

· प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान । स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ।

उनले आफू नेतृत्वमा रहँदा यी र यस्ताखाले थुप्रै जनपक्षीय कार्यक्रमहरू लागू गरेका छन् । जसका कारण उनको लोकप्रीयता थप चुलिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending