कालिकोट । कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो ।
धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा रमाउने गरेका छन् ।
कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका भीमबहादुर रावलले गहुँबाली लगाउन र धानबाली भित्र्याउन व्यस्त रहेको बताए । “अहिले हामी बाली लगाउने र भित्र्याउने काममा व्यस्त छौँ ।”, उनले भने, “दुई महिना त बाली लगाउने महिना हो । त्यसैले गाउँका प्रायः सबै खेतबारीमा रहने गरेका छन् ।”
गाउँमा चुनाव प्रसार–प्रचारका लागि नेता तथा कार्यकर्ता पुग्ने गरेका छन् । रास्कोट नगरपालिका–५ का नयाँरुप फडेराले भने, “गाउँमा माइकिङ गरेर भोट मागेको त सुन्छौँ, तर दलहरूका चुनावीसभामा जान पाएका छैनौँ”, उनले भन, “दलहरूका एजेण्डाका विषयमा जानकारी कम छ, त्यसैले कसलाई मत दिने हो अन्योलता कायमै छ ।”
दलकाहरूका चुनावी एजेण्डामात्र होइन, मेलापातका काममा व्यस्त रहँदा मतदाता शिक्षाबारेमा पनि जानकारी नभएको पचालझरना गाउँपालिका–१ सिकुका रामबहादुर बोगटीले बताए । “मतदान कसरी गर्ने हो, त्यो विषयमा पनि हामीलाई जानकारी कोही आएका छैनन्”, उनले भने, “मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुने सम्भावना बढी रहन्छ ।”
मतदाता मेलापातमा व्यस्त भएका कारणले दलका नेता तथा उम्मेदवार खेतबारीमै गएर मत माग्ने गरेको र आफूहरूले मतदाता शिक्षालगायतका काम अगाडि बढाएको नेकपा एमालेका कालीकोट जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए ।
“मतदाता अहिले घर, गाउँ, टोलमा भेटिँदैनन् । सबै खेतबारीको काममा व्यस्त रहनुभएको छ”, उनले भने, “प्रचारमा खटिएका कार्यकर्ता तथा उम्मेदवार खेतबारीमै गएर मतदातासँग आफ्नो चुनावी एजेण्डा र मतदाता भेटघाट गरिरहनुभएको छ ।”
मतदातासँग राजनीतिक दल तथा उम्मेदवारले छलफल गर्न नपाउँदा मतदाताले राम्रो उम्मेदवार छान्न र मतदानमा मत बढी बदर हुने सम्भावना रहने नेपाल बार एशोसिएशन कालीकोटका अध्यक्ष दमनराज बमले बताए ।
“दलका उम्मेदवारले मतदातासँग अन्तरक्रिया तथा छलफल गर्न पाउनुभएन भने राम्रो उम्मेदवार छान्न पनि सकस हुन्छ”, उनले भने, “मतदानमा मत पनि बढी बदर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: