Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कैलालीमा गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर

खबरडबली संवाददाता
सुदूरपश्चिम। आसन्न चुनावको चह लपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरुलाई भोट नआउने डर बढेको छ ।
 
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा स्वतन्त्र उम्मेदवार भने त्यही मत खोस्ने दाउमा छन् । राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताले फरक पार्टीका उम्मेदवारलाई भोट दिनुको साटो स्वतन्त्रलाई मत दिने आशङ्का उनीहरुले गर्दै आएका छन् । 
 
स्वतन्त्र उम्मेदवार भने राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता र शुभेच्छुकको मत तानेर चुनाव जित्ने दाउमा छन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र,० नेकपा ९एकीकृत समाजवादी०सहितले गठबन्धन गरेका छन् भने नेकपा ९एमाले० र जनता समाजवादी पार्टीले पनि एकआपसमा तालमेल गरेका छन् । 
 
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले जिल्लाका सबै प्रतिनिधिसभा र प्रदेशसभाका सिटमा भागबण्डा गरेर उम्मेदवार उठाएका छन् । जिल्लाका कुनै पनि क्षेत्रमा आफ्ना प्रत्यासी नउठाएको राष्ट्रिय जनमोर्चाको सत्ता  उम्मेदवारलाई साथ दिएको छ । कैलालीको निर्वाचन क्षेत्र–१ मा राजपा र नेकपा एमालेबीच तालमेल छ ।   
 
निर्वाचन नजिकिएसँगै यतिबेला सार्वजनिकस्थल, चिया पसल र चोकमा भेला हुने बीचमा यस्तै विषयले प्राथमिकता पाउने गरेको छ । राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताका पक्षका मत तान्ने दाउमा देखिएका स्वतन्त्र उम्मेदवार पक्षधर एक कार्यकर्ताले भन्नुभयो, “टिकट वितरणका क्रममा बढेको असन्तुष्टिको फाइदा स्वतन्त्र उम्मेदवार हुने अनुमान गर्न सकिन्छ ।”
 
नेकपा ९एमाले०का नेता चूडामणि भट्ट टिकट वितरणका क्रममा पार्टीभित्र देखिएको असन्तुष्टि कम हुँदै गएको दाबी गर्नुहुन्छ ।
  
प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस नेता कमल शाह गठबन्धनको मत अन्यत्र नजाने दाबी गर्नुहुन्छ । “निकै कम मत अन्यत्रै जान सक्ला तर धेरै मत गठबन्धनका उम्मेदवारले नै पाउँछन्”, उहाँले भन्नुभयो । 
 
जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टी र नेकपा ९एमाले०बीच तालमेल गरिएको छ । जसमा नेकपा ९एमाले०ले प्रतिनिधिसभा र प्रदेशसभा २ मा उम्मेदवार उठाएको छ भने प्रदेशसभा ‘क’ मा जसपाले उम्मेदवारी दिएको छ । जसपाका सुदूरपश्चिम इञ्चार्ज एवं प्रदेशसभाका निवर्तमान सदस्य मालामति रानाथारुले तालमेलअनुसार आफ्नो पार्टीका प्रत्यासीलाई एमालेबाट मत आउने विश्वास गर्नुहुन्छ ।
 
“जिल्लाका अन्य क्षेत्रमा कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ”, उहाँले भन्नुभयो, “क्षेत्र नं १ मा भने तालमेलअनुसार हाम्रो मत एमालेलाई जान्छ, उहाँहरुको मत हामीलाई आउने अपेक्षा गरेका छौँ ।” नेकपा एकीकृत समाजवादीका नेता दिनेशचन्द्र सुवेदीले सत्ता गठबन्धनको मत टिकट पाएका उम्मेदवारमा जाने दाबी गर्नुहुन्छ । “एक÷दुई प्रतिशत मत दायाँबायाँ भए पनि धेरै मत गठबन्धनका उम्मेदवारलाई नै जान्छ”, उहाँले भन्नुभयो ।  
 
स्वतन्त्रको चुनौती 
 
कैलालीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–५ ९धनगढी क्षेत्र०मा कांग्रेस र एमालेले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरिरहँदा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा मुख्य राजनीतिक दलका प्रत्यासीका लागि चुनौती बन्नु भएको छ । 
 
पाँच वर्षअघिको चुनावमा यसै क्षेत्रबाट उम्मेदवार बन्नुभएकी कांग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तर्घात गरी पराजित गरेको भन्दै ओझालाई कांग्रेसको कारबाही गरेको थियो । 
 
उहाँले पाउने मतका आधारमा चुनावी परिणाम प्रभावित हुनसक्ने एकथरीको विश्लेषण छ । कांग्रेसका प्रत्यासी डिल्लीराज पन्त भने दलीय व्यवस्थामा स्वतन्त्रको हैसियत धेरै नहुने भएकाले आफ्ना लागि चुनौती नरहेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “आम कांग्रेसको मतसँगै गठबन्धन दल समर्थितको मत आउँदा आफूलाई चुनाव जित्नेमा विश्वस्त छु ।” यसै क्षेत्रबाट प्रत्यासी रहनुभएका नेकपा एमाले नेता नारदमुनी रानाले पनि आफू चुनाव जित्ने दाबी गर्नुहुन्छ । 
 
स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले भने राजनीतिक दलप्रति बढ्दै गएको दिशाहीनता र निराशाका कारण मतदाताले स्वतन्त्र उम्मेदवारको खोजी गरिरहेको दाबी गरे। 
 
यस क्षेत्रमा टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीको उम्मेदवारी रद्द भएपछि सो पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गरेको छ । साथै स्वतन्त्र उम्मेदवारमा गगनबहादुर धामी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, तमलोपाका दानबहादुर विश्वकर्मा, नेमकिपाका नन्दाकुमारी र दर्लामीमगर पनि प्रत्यासी छन् । 
 
प्रदेशसभा १ मा माओवादीको तर्फबाट रमेश धामीले टिकट पाउँदा माओवादीकै वागी उम्मेदवार रमेश बस्नेत र प्रदेशसभा ‘ख’ मा कांग्रेसका युवा नेता प्रकाशबहादुर देउवाले टिकट पाउँदा कांग्रेसबाट राजीनामाको घोषणा गर्दै क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएको छन् ।
 
प्रदेश २ मा एमालेका दुर्गाप्रसाद जोशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्तिक लोहार, नागरिकउन्मुक्ति पार्टीका गोठु चौधरी, नपाली कांग्रेस बिपीका दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर, राप्रपाका शिवराज भण्डारी पनि प्रतिस्पर्धी छन् । 
 
प्रदेशसभा १ बाट एमालेको तर्फबाट टिकट पाउनुभएका यज्ञराज बाँस्तोलाको टिकट अन्तिम अवस्थामा खोसेर नेपालु चौधरीलाई दिइएपछि सो पार्टीमासमेत असन्तुष्टि छ । 
 
बाँस्तोलाले पार्टी नै परित्याग गर्नुभएको छ । प्रदेशसभा १ का प्रत्यासी राप्रपाका पुष्करदत्त भट्ट र नागरिकउन्मुक्ति पार्टीका श्रीराम चौधरी पनि बलियो प्रतिस्पर्धी हुनुहुन्छ । कैलारी गाउँपालिकाका दुई वडा र धनगढी उपमहानगरपालिकाका १९ वडा समावेश गरिएको क्षेत्र ५ का वडामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षले २२ हजार सात सय ७९, माओवादी केन्द्रका वडाध्यक्षले सात हजार छ सय ५४, नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार नौ मत पाएका थिए । एमालेका वडाध्यक्षले १७ हजार चार सय २०, राप्रपाका वडाध्यक्षले दुई हजार तीन सय ६१ मत पाएका थिए ।  
 
क्षेत्र १ मा उन्मुक्ति पार्टीसँग अन्य दलको टक्कर 
 कैलाली क्षेत्र १ लाई संवेदनशील क्षेत्रका रुपमा हेरिन्छ । विसं २०७२ मा भएको टीकापुर घटनापछि क्षेत्र नं १ ९टीकापुर क्षेत्र० लाई बढी संवेदनशील र चासोको साथ हेरिन थालिएको हो ।  
 
विसं २०७४ सङ्घीय निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय जनता पार्टीबाट टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशमलाल चौधरीले ठूलो मतान्तरले चुनाव जितेको थिए । 
 
त्यतिबेला नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एमाले०को गठबन्धन थियो भने नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो । प्रदेशसभा १ बाट जनता समाजवादीका कृष्ण चौधरी र प्रदेशसभा १ बाट नेपाली कांग्रेसका डा। रणबहादुर रावलले चुनाव जित्नुभएको थियो ।  
  
अहिले यो क्षेत्रमा रेशमलाल चौधरीकी पत्नी रञ्जिता चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ ।
 
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रत्यासी हुनुहुन्छ ।धरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ ।
 
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रत्यासी छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

एलिमिनेटरमा काठमान्डुले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन अन्तर्र...

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...

खानेपानीको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...

अध्यक्ष लिङ्देनको प्रस्ताव: विगतका उपलब्धि सुरक्षित गर्दै नयाँ मौलिक व्यवस्था निर्माण गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ: प्रधामन्त्री कार्की

बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।  ...

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending