तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताए।
“देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो”, उनले भने। वरिष्ठ नेता पौडेलले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे । “हामी रेल र पानीजहाजका कुरा गर्दैनाँै, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं”, पौडेलले भने।
वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए। “बन्दीपुरको पर्यटन विश्वमाझ प्रख्यात छ, यसलाई थप विकास गर्नेतर्फ हाम्रो ध्यान रहनेछ”, पौडेलले भने। गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पु¥याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे।
देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए। “संविधान बचाउने सवालमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) को कुरा मिल्यो”, उनले भने । गोरखामा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्दा त्यहाँ नेपाली कांग्रेसले र तनहुँमा आफूलाई नेकपा माओवादीले मत हाल्ने पौडेलको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...
आषाढ़ १३ गते, २०८३ - ११:३१
म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...
आषाढ़ १३ गते, २०८३ - ११:२०
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...
आषाढ़ १३ गते, २०८३ - ११:०७
काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...
आषाढ़ १३ गते, २०८३ - १०:३५
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...
आषाढ़ १३ गते, २०८३ - १०:१७
पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: