Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य : प्रमुख निर्वाचन आयुक्त

खबरडबली संवाददाता

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) को शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा संयन्त्र विकास गरिएको बताए। उनले नवस्थापित केन्द्रले मतदानस्थलसम्म सिधैँ र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धितस्थलमा पुगे÷नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता परिपालनामा आवश्यकता अनुसार सघाउने, जिल्लास्थित निर्वाचन कमाण्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायतका विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेशबारे स्पष्ट पारे।

निर्वाचन सुरक्षा र अनुगमनसम्बन्धी निर्देशिकाबमोजिम आयोगका सचिवको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव, चार वटै सुरक्षा निकायका राजपत्राङ्कित प्रथम श्रेणीसरहका प्रतिनिधित्वमा केन्द्रको स्थापना भएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. भण्डारी नियुक्त

लेखनाथ। गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएको छन्। विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले डा. भण्डारीलाई...

सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending