काठमाडौ । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।
आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।
नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले नौ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
कुन बैंकको कति ?
गत आवको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले शेयरधनीलाई २० दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद शेयर गरी कुल १३ दशमलव छ प्रतिशत प्रस्ताव गरेको छ ।
यस्तैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद शेयर गरी शेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसिसी बैंकले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले छ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
कुमारी बैंकले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले नौ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका नौ वाणिज्य बैंकमध्ये एनसिसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८१ - १७:१९
हिले । धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरुले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमु...
फाल्गुन २८ गते, २०८१ - १७:०४
जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय
फाल्गुन २८ गते, २०८१ - १६:५६
आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् हाम्रो नेपालमा
फाल्गुन २८ गते, २०८१ - १६:५२
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हु...
फाल्गुन २८ गते, २०८१ - १५:५१
काठमाडौँ । नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ । बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ ...
फाल्गुन २८ गते, २०८१ - १५:४०
काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से)आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिस...
फाल्गुन २८ गते, २०८१ - १५:२६
काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्च...
फाल्गुन २८ गते, २०८१ - १५:२२
काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन...
फाल्गुन २८ गते, २०८१ - १४:४६
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएको छन । बुधबा...
फाल्गुन २८ गते, २०८१ - १४:३५
काटमाठौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएको छन । बुधबार ...
प्रतिकृया लेख्नुहोस्: