Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा, यस्तो छ पुरानो हिसाबकिताब

खबरडबली संवाददाता

कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, नेकपा ९एमाले०बाट तीन र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामजनम चौधरी, क्षेत्र नं ४ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेशसभापति वीरबहादुर बलायर चुनावी मैदानमा छन् ।

विसं २०७४ को निर्वाचनमा चौधरी कैलाली क्षेत्र नं ३ र बलायर डोटीबाट वाम–गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिय । चौधरी र बलायर यसपटक पाँचदलीय गठबन्धनको सहारामा निर्वाचन जित्ने दाउमा छन्। चौधरी उम्मेदवार भएको क्षेत्र नं १ मा एमाले तर्फबाट तपेन्द्र रावल र रमेश चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ अहिले उनका प्रतिस्पर्धी छन्। बलायर उम्मेदवार भएको क्षेत्र नं ४ मा एमालेका तर्फबाट एमाले सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । भट्ट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम–गठबन्धनका तर्फबाट विजयी बन्नुभएको थियो । भट्ट जीतलाई निरन्तरता दिने दाउमा छन बलायर सत्तागठबन्धनको मतबाट जित्ने दाउमा छन्।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा एमालेका नेता एवं पूर्वमन्त्री गौरीशङ्कर चौधरी चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा उनले वाम–गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरेको थि । एमाले नेता चौधरीसँग उहाँका पूर्वसहकर्मी माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी प्रतिस्पर्धा गर्नुहुँदैछ । एमालेका चौधरी जीतलाई निरन्तरता दिने रणनीतिमा हुनुहुन्छ भने माओवादी केन्द्रका चौधरी माओवादीको विरासत कायम राख्ने दाउमा छन्। सो निर्वाचन क्षेत्रमा २०६४ देखि माओवादीले जित्दै आएको क्षेत्र हो ।  

विसं २०७४ को निर्वाचनमा वाम–गठबन्धनको समर्थनमा निर्वाचन जितेका चौधरी यसपटक एमालेका उम्मेदवार हुनुहुन्छ भने माओवादीका चौधरीलाई सत्तागठबन्धनको समर्थन छ । थारु बाहुल्यता रहेको सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा  पूर्वमन्त्री चौधरी, सत्तागठबन्धनका गौरीशङ्कर  र नागरिक उन्मुक्तिका गङ्गारामबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनि राना र कांग्रेसका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धबाट नेपाली कांग्रेसका डिल्लरिाज पन्त उम्मेदवार छन् । 

विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनि रानाले कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजित गर्नुभएको थियो । त्यसबेला राना वाम–गठबन्धनबाट विजयी बन्नुभएको थियो । यसपटक कांग्रेसका उम्मेदवार पन्तलाई सत्तागठबन्धनले साथ दिएको छ भने एमाले उम्मेदवार राना पार्टीको एकल उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र एमाले उम्मेदवार रानालाई स्वतन्त्र उम्मेदवार ओझा चुनौतीका रुपमा देखा परेका छन् । सत्तागठबन्धनको मत स्वतन्त्रले काट्ने आँकलनले राना जीतलाई निरन्तरता दिने दाउमा छन् भने सत्तागठबन्धनका उम्मेदवार पन्त पाँचदलीय र एमालेभित्रको आन्तरिक किचलो फाइदा उठाउँदै चुनाव जित्ने दाउमा छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy