काठमाडौँ–८ मा रोचक प्रतिस्पर्धा हुने, यस्तो छ विगत
कार्तिक २१ गते, २०७९ सोमवार 7th November, 2022 Mon२०:१५:२५ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ, नेकपा ९एमाले०बाट शिवसुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट कृष्णमाया मानन्धर, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेशकुमार डङ्गोललगायत चुनावी मैदानमा भिड्दै हुनुहुन्छ ।
त्यसैगरी स्वतन्त्रबाट दुर्गा देवी महर्जन र नेपाल मजदुर किसान पार्टीबाट कृष्णमाया मानन्धर गरी क्षेत्र नं ८ बाट दुई जना महिला उम्मेदवार रहेका छन् । यी सबै उम्मेदवारले त्यस क्षेत्रको स्थानीय विकासलाई प्राथमिकतामा रोखेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका सत्तागठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का सचिव श्रेष्ठ निर्वाचन क्षेत्र नं ८ का प्राकृतिक, सांस्कृतिक र सम्पदा ९मूर्त अमूर्त० लाई केन्द्रित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता गरेको छन् ।
प्रतिबद्धतापत्रमा भनिएको छ, “नेपाल संवत्को इतिहाससँग जोडिएको लखुतीर्थलाई राष्ट्रिय विभूति शङ्खघर साख्वाः को जीवनीसँग जोडेर ऐतिहासिकस्थलका रुपमा विकास गर्न पहल गर्ने ।” उम्मेदवार श्रेष्ठले ८ नं क्षेत्रभित्र पर्ने मठमन्दिरका गुरु, पुजारी, वहाः र वहीका प्रमुख र परम्परागत बाजा, नृत्य सिकाउने गुरुलाई प्रोत्साहनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
हनुमान ढोका परिसरमा खुला क्षेत्र विस्तार गरी रमणीयस्थल बनाई पर्यटकलाई आकर्षित गर्न पुरानो हनुमान ढोका प्रहरी परिसर कार्यालयको भवन खुला राख्न पहल गर्ने उहाँको प्रतिबद्धता छ । ५३ हजार मतदाता रहेको यो क्षेत्र भूगोलको हिसाबले सानो भए पनि हनुमान ढोका, जीवित कुमारी, स्वयम्भूलगायतका काठमाडौँका महत्वपूर्ण सांस्कृतिक सम्पदाको भने केन्द्रबिन्दु नै मानिन्छ ।
त्यसैगरी सोही क्षेत्रमा जिल्ला समन्वय समिति काठमाडौँका निवर्तमान प्रमुख तथा जिल्ला समन्वय समिति महासङ्घका प्रवक्ता शिवसुन्दर राजवैद्य प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर ४ को चुनावमा नेकपा एमालेका तर्फबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । उहाँले आफ्नो निर्वाचन क्षेत्र ऐतिहासिक सम्पदा भएको क्षेत्र भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत भएको हनुमान ढोका र स्वयम्भू मन्दिर क्षेत्रको समग्र विकास गरी पर्यटकका लागि आकर्षकको क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “केन्द्रीय राजधानी काठमाडौँ जस्तो ठाउँमा धारा नभएको ठाउँ छ, स्थानीयमा खानेपानीको समस्या छ, ‘एक घर, एक धारा’का निम्ति मैले पहल गर्नेछु ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका हरेक वडामा स्वास्थ्यचौकी हुँदै राष्ट्रियस्तरको अस्पताल लैजाने प्रणाली बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रिमालले आफ्नो निर्वाचन क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक, पुरात्वात्तिक सम्पदाको पहिचान र संरक्षण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उम्मेदवार रिमालद्वारा जारी प्रतिबद्धतापत्रमा भनिएको छ, “निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यको दायित्व कायम गर्न प्रतिबद्ध छु ।” चुनाव नजिकिँदै गर्दा त्यस क्षेत्रका उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।
सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौँ महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौँ महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा ९एकीकृत समाजवादी० र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...
काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...
काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् ।
...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...
बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।
...
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...
प्रतिकृया लेख्नुहोस्: