गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सबैभन्दा जेठा उम्मेदवार टीकादत्त पोखरेले देश बचाउन, प्रजातन्त्र जोगाउन र हिन्दू राष्ट्र कायम गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
गत कात्तिक १४ गते १०० वर्ष पुगेका गोरखा सिरानचोक गाउँपालिका– नंं २ निवासी पोखरेलले सङ्क्षिप्त कुराकानीमा न्याय प्राप्तिका लागि पर्याय बनेको गोरखाली जनताको साथ सहयोग पाई अत्यधिक मतका साथ आफूले चुनाव जित्ने विश्वास व्यक्त गरे ।
गोरखाको माटोमा जन्मेहुर्केको गोरखालीले मात्र समग्र गोरखालीको भलो गर्ने र गोरखाको इतिहास जोगाउन सक्ने धारणा व्यक्त गर्दै उनले भने, “नेपाल एकीकरणको नेतृत्व गर्ने वीर गोरखालीको पहिचान बोकेको गोरखाली मतदाताले एक सय वर्ष उमेर नाघेको प्रजातन्त्रवादी एवं सबैभन्दा पाको उम्मेदवारका रूपमा मलाई भोट दिई फेरी अर्को इतिहास रच्नेछन् र मुलुकको संसदीय इतिहासमा ज्येष्ठ सदस्यका रूपमा मेरो नाम अङ्कित हुनेछ ।”
देश र प्रजातन्त्र जोगाउन तथा नेपालीका छोराछोरीले नेपालमै रहेर काम गरी खानपाउने व्यवस्थाका लागि आफूले प्रतिनिधिसभा सदस्यका लागि जन्म एवं कर्मथलो गोरखाबाट उम्मेदवारी दिएको स्पष्ट गर्दै उनले गोरखाली हावापानीमा भिजेको र समग्र ढुङ्गामाटोले चिनेको गोरखाली धर्तीपुत्र एवं सबैभन्दा ज्येष्ठ उम्मेदवारलाई जिताउनु पर्दछ भनी गोरखाली जनता अहिले घरदैलो अभियानमा जुटिरहेकाले आफ्नो जीत सुनिश्चित रहेको बताए ।
उनले देश कोही व्यक्ति विशेषको पेवा नभएको उल्लेख गर्दै गठबन्धनका नाममा गोरखाबाट उम्मेदवारी दिएका उम्मेदवारले गोरखा र गोरखाली जनताका पक्षमा के कति काम गरेका छन्, त्यसको लेखाजोखा मिहिन ढङ्गबाट गरी सचेत गोरखाली जनताले आगामी मङ्सिर ४ गते फैसला गर्ने विश्वास व्यक्त गरे ।
जहाँनिया राणा शासन विरुद्धको आन्दोलनमा होमिँदा २००७ सालअघि वीरगञ्ज र भारतको रक्सौलमा पटकपटक जेल परेको र पञ्चायती शासन व्यवस्थाको विरोध गर्दा गोरखा र लमजुङमा करिब छ वर्ष जेल जीवन बिताएको स्मरण गर्दै प्रजातन्त्र सेनानी पोखरेलले समुन्नत राष्ट्र, सुदृढ प्रजातन्त्र र हिन्दू राष्ट्र नेपालका पक्षमा आफ्नो उम्मेदवारी रहेको स्पष्ट गरे ।
नेपाली कांग्रेस (बीपी) को तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका एकसय वर्षीय उम्मेदवार पोखरेलको चुनाव चिह्न ‘कलश’ रहेको छ । सो निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का तर्फबाट अब्दुस मियाँलगायत ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: