Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

म्याग्दीका दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् ।

अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्ने गरेको छ । यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवारले विगतका निर्वाचनमा झैँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँको मुख्य खानेपानी समस्या समाधान गरिदिने प्रतिबद्धता जनाउने गरेका छन् । स्थानीय भने नेताहरुको वर्षौंदेखिको यो प्रतिबद्धता पूरा नभएको भन्दै यस पटकको निर्वाचनमा गाउँमा जसले पानी ल्याइदिने ग्यारेन्टी दिन्छ उसैलाई मात्र मत दिने निर्णयमा पुगेका छन् ।

चुनावको मुखमा दैनिकजसो विभिन्न दलका नेता भोट माग्न आउने गरेका छन् । अभावै अभावमा गुज्रिएको पुरण्यका समस्या समाधान गर्ने प्रतिबद्धतासहित ढोकाढोकामा आएर नमस्कार गरेका नेताहरूलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक गाउँमा देख्न पाएका छन् यहाँका मतदाताले । स्थानीय तहमा भोट माग्न गाउँमा आएका उम्मेदवारले दिएको एउटा आश्वासन पूरा नभएको ६४ वर्षीय पूर्णबहादुर दर्जीले बताए । 

“गाउँमा खानेपानीको अभाव छ, विद्यालय बनाउँदा लागेको ऋण तिर्न सकेका छैनौँ, घरघरमा पानी ल्याइ दिन्छौँ भन्ने स्थानीय नेताकै अनुहार बल्ल छ महिनापछि देख्न पाएका छौँ, नेताहरुको बोलीमा विश्वास नै लाग्न छाडिसक्यो”, उनले भने ।

एक घण्टाको यात्रा गरी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै नेताहरूले दलितलाई सधैँ भोट माग्ने मतदाताका रुपमामात्रै प्रयोग गरेको स्थानीयको गुनासो छ । सदरमुकाम नजिकै रहेको यो बस्तीमा न खानेपानी छ न त सबै घरमा शौचालय नै छ । विगतमा जितेका जनप्रतिनिधिका आश्वासनबाट आजित भएका स्थानीयले उल्टै आश्वासन पाउन थालेका छन् । एक गाग्री पानी लिनका लागि एक घण्टाको समय खर्चिन पर्ने समस्यामा यहाँका नागरिक छन् ।

दिसापिसाब गर्नका लागि पाखो वा अर्कैको शौचालयमा पालो पर्खन पर्ने बाध्यता छ । “भोट बटुल्न मात्रै आउँछन्, चुनावमा मात्र नेताहरु हाम्रो वस्तीलाई सम्झन्छन”, दर्जीले भने। उनले गाउँमा शिक्षा, स्वास्थ्य खानेपानी, विद्युतलगायत सुविधा पाउन नसकेको उल्लेख गर्दै मत दिएर पठाएकाबाटै वर्षांैदेखि गाउँलाई धोका भएको गुनासो गरे।

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हीराबहादुर परियारले बताए । “हामीलाई त जुन जोगी आए पनि कानै चिरेको जस्तै भएको छ”, उनले भने । 

राजनीतिक दलका लागि भोट बैंककारुपमा प्रयोग भइरहेको भन्दै यसपटक लिखित र समय तोकेर प्रतिबद्धता दिनेलाई नै भोट दिने यहाँका दलित समुदायले निर्णय नै गरेका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE